प्रहरीको गाडीमा ढुंगामुढा भएपछि नेपालगन्जमा तनाव

वैशाख २३, २०७७

मधु शाही, रुपा गहतराज

नेपालगन्ज — निषेधाज्ञा जारी गरिएको नेपालगञ्जमा स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । त्रिवेणी चोकका एक युवालाई प्रहरीले पक्राउ गरेपछि बिहान साढे १० बजे प्रहरी र स्थानीयबीच झडप भएको हो । 

निषेधाज्ञाका बीच प्रहरीले बिहान ११ बजेसम्म अत्यावश्यक सामाग्री किन्नका लागि बजार खुला गरेको थियो । रानीतलाउ क्षेत्रमा रहेको तरकारी बजारमा तरकारी किन्नेको भीड बढेपछि प्रहरीले हटाउन खोज्दा विवाद उत्पन्न भएको थियो । विवाद गरेको भन्दै प्रहरीले त्रिवेणी चोकका एक युवालाई त्यहाँबाट पक्राउ गरेको र त्यसको विरोधमा निषेधाज्ञाबारे माइकिङ गर्दै हिँडेको प्रहरीको गाडीमा स्थानीयले ढुंगामुढा गरेको एसपी वीरबहादुर ओलीले बताए । 

तोडफोड गरिएको वडा प्रहरीको गाडी । तस्बिर : रुपा गहतराज/कान्तिपुर

‘माइकिङ गर्दै हिँडेको प्रशासनका कर्मचारी र प्रहरीलाई घेराउ गरेपछि केहीबेर तनाव पैदा भएको थियो । अहिले स्थिति नियन्त्रणमा आइसकेको छ,’ वलीले भने । 

स्थानीयले भने प्रशासनले पसल खोल्नु भनेको समयसमा खोल्दा पनि प्रहीले कुटपिट गरेको बताएका छन् । 

लकडाउन

मधु

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully