कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

प्रदेश १ मा पीसीआर र आरडीटी गरेर कुल ७ हजार २ सयको परीक्षण

माधव घिमिरे

विराटनगर — प्रदेश १ मा का विभिन्न जिल्लामा गरी कुल ७ हजार २ सय ७२ जनामा कोरोना भाइरस संक्रमण भए/ नभएको परीक्षण गरिएकोे छ । आइतबारसम्म द्रूत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने परीक्षण (पीसीआर) बाट सो संख्यामा परीक्षण भएको हो ।

प्रदेश १ मा पीसीआर र आरडीटी गरेर कुल ७ हजार २ सयको परीक्षण

प्रदेशभरका नमुना संकलन गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्ने गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राखिएको कोरोना सूचना डेस्कका अनुसार आरडीटी विधिबाट ५ हजार ७ सय १६ जनाकोे नमुना परीक्षण भएको छ । यसैगरी पीसीआर विधिबाट १ हजार ५ सय ५६ जनाको परीक्षण गरिएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आइतबारसम्म २ हजार ६३ पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३८ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ६ हजार ९ सय २५ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रदेश १ मा हालसम्म ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये सबैभन्दा बढी उदयपुरका छन् । त्यहाँ रहेको एक मस्जिद र मस्जिद छेऊको भुल्के बस्तीका गरी २८ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी झापामा दुईजना र भोजपुरमा एकजनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबैलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखेर उपचारसँगै हेरचाह भइरहेको छ ।

यसैबीच, मोरङका विभिन्न ९ स्थानमा राखिएका क्वारेन्टाइनमा बस्नेको संख्या आइतबारसम्म २ सय १५ पुगेको छ । तीमध्ये १७ महिलासहित १ सय ९१ जना घर फिर्ता भएका छन् । अब क्वारेन्टाइनमा बस्नेको संख्या २४ छ । कोभिड उपचार केन्द्रमा राखिएका ३१ जनाबाहेक कोसी अस्पतालको आइसोलेसनमा शंकास्पद एकजनालाई राखिएको छ । यसअघि कोसीसहित विभिन्न स्थानमा बनाइएको आइसोलेसनमा बस्नेको संख्या ५९ थियो । तीमध्ये ८ महिलासहित २७ जना घर फिर्ता भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार देशका विभिन्न स्थानबाट लकडाउन पछि आउनेको संख्या २ हजार ६० जना छ । यसैगरी मोरङका विभिन्न स्थानमा बसिरहेका ५ सय ३ जना मानिसहरु अन्य जिल्लामा रहेको आफ्नो घर फर्केको जनाइएको छ ।


प्रकाशित : वैशाख २१, २०७७ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?