एउटै चार्टर उडानमा ५४ देशका ३०३ यात्रु पेरिस फर्के 

वैशाख २०, २०७७

सुरज कुँवर

काठमाडौँ — लकडाउनका कारण नेपालमा अलपत्र परेका ५४ देशका ३ सय ३ नागरिक शनिबार १ बजे काठमाडाैंबाट कतार एयरवेजको वाइडबडी विमानमा पेरिस फर्केका छन् । 

काठमाडौंस्थित कतार एयरवेजका एक अधिकारीका अनुसार नेपालमा रहेको फ्रान्सेली दूतावासले चार्टर गरेको यो उडान दाेहाबाट सोझै पेरिस जाने छ । 

‘दोहामा एक घन्टा इन्धन थप्ने, क्याटरिङ र सरसफाइ गरेर फेरि यही जहाज पेरिससम्मै पुग्ने छ,’ ती अधिकारीले भने । यसमा युरोप तथा दक्षिण अफ्रिका, इजरायल, अमेरिका र क्यानडा लगायतका देशका नागरिक छन् । जसमध्ये ३ सय ३ यात्रुसहित ४ शिशु पनि छन् ।


लकडाउनयता कतार एयरवेजले नेपालका लागि ११ वटा चार्टर उडान गरीसकेको छ । यो उडानमा रहेका यात्रुहरुले टिकटका लागि आफै रकम जुटाएका छन् भने फ्रान्स सरकारले केही रकम अनुदान पनि दिएको ती अधिकारीले बताए ।

लकडाउन

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully