कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

एउटै चार्टर उडानमा ५४ देशका ३०३ यात्रु पेरिस फर्के 

सुरज कुँवर

काठमाडौँ — लकडाउनका कारण नेपालमा अलपत्र परेका ५४ देशका ३ सय ३ नागरिक शनिबार १ बजे काठमाडाैंबाट कतार एयरवेजको वाइडबडी विमानमा पेरिस फर्केका छन् । 

एउटै चार्टर उडानमा ५४ देशका ३०३ यात्रु पेरिस फर्के 

काठमाडौंस्थित कतार एयरवेजका एक अधिकारीका अनुसार नेपालमा रहेको फ्रान्सेली दूतावासले चार्टर गरेको यो उडान दाेहाबाट सोझै पेरिस जाने छ ।

‘दोहामा एक घन्टा इन्धन थप्ने, क्याटरिङ र सरसफाइ गरेर फेरि यही जहाज पेरिससम्मै पुग्ने छ,’ ती अधिकारीले भने । यसमा युरोप तथा दक्षिण अफ्रिका, इजरायल, अमेरिका र क्यानडा लगायतका देशका नागरिक छन् । जसमध्ये ३ सय ३ यात्रुसहित ४ शिशु पनि छन् ।


लकडाउनयता कतार एयरवेजले नेपालका लागि ११ वटा चार्टर उडान गरीसकेको छ । यो उडानमा रहेका यात्रुहरुले टिकटका लागि आफै रकम जुटाएका छन् भने फ्रान्स सरकारले केही रकम अनुदान पनि दिएको ती अधिकारीले बताए ।

प्रकाशित : वैशाख २०, २०७७ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?