काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड- १९) रोकथाम तथा नियन्त्रणमा सरकार असफल भइसकेको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी, पूर्वस्वास्थ मन्त्रीहरू र स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग गरेको छलफलले उक्त निष्कर्ष निकालेको हो ।
कांग्रेसले र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) परीक्षणमा मात्रै भर नपर्न पनि सरकारलाई सुझाव दिएको छ । आरडीटी परीक्षणमाथि विश्वव्यापी प्रश्न उठिरहेका बेला यसको भर पर्न नसकिने भएकाले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने कांग्रेसले सरकारलाई सुझाव दिएको छ । कांग्रेसले समुदायस्तरसम्म परीक्षणको दायरा बढाउनुपर्ने निष्कर्ष निकाल्दै यस्तो सुझाव दिएको हो ।
छलफलपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले लकडाउनको समुचित उपयोग गर्न सरकार चुकेकोले आरडीटी परीक्षणको दायरा बढाउनुपर्ने निष्कर्ष छलफलले निकालेको बताए । चिकित्सकहरूका लागि अतिआवश्यक स्वास्थ्य सामग्री प्रयाप्त उपलब्ध गराउनुपर्ने, चिकित्सकहरूलाई हतोत्साहित गर्नुको सट्टा साथ दिनुपर्ने प्रवक्ता शर्माले बताए ।
कांग्रेसले अस्पतालको क्षमता बढाउनुपर्ने, उपकरण औषधि र दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्ने र विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने सुझाव पनि सरकारलाई दिएको छ । कोरोनाले मात्रै बिरामीको मृत्यु नहुने भएकाले अन्य रोगका बिरामीको स्वास्थ्य उपचारतर्फ पनि ध्यान दिनुपर्ने उनले बताए ।
छलफलमा सहभागी चिकित्सक डा. केदारनरसिंह केसीले कोरोना नियन्त्रणमा सरकार पूर्णरूपमा असफल भएको बताए । कोरोना रोकथामका लागि सरकारले गरेका प्रयास प्रयाप्त नभएको, घोषणा गरेअनुसार जनताले राहत पाउन नसकेकोले सरकार पूर्णरूपमा असफल भएको निष्कर्ष छलफलले निकालेको उनले बताए ।
कोरोनाको जोखिम सामना गर्ने क्रममा भएका प्रगति, कमजोरी, सरकारले गरेका काम र गर्न नसकेका कामका विषयमा छलफल गर्न पार्टी पदाधिकारी, पूर्वस्वास्थ्यमन्त्री र स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरिएको हो ।
कांग्रेसले कोरोना भाइरस संक्रमण नियन्त्रणका सन्दर्भमा सरकारसँग गरेका मागहरूः
