१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

लकडाउन एक हप्ता बढाउन कार्यदलको सिफारिस

बिनु सुवेदी

काठमाडौँ — मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले लकडाउन एक हप्ता बढाउने सिफारिस गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार (आज) बिहानको बैठकले लकडाउनको मोडालिटी बारे टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो ।

लकडाउन एक हप्ता बढाउन कार्यदलको सिफारिस

कार्यदलले समितिलाई नेपाल कोरोना संक्रमणको जोखिमबाट मुक्त नभइसकेको र विभिन्न स्थान संक्रमण देखिने क्रम जारी रहेकाले लकडाउन एक हप्ता लम्ब्याउन सिफारिस गरेको हो ।

उच्चस्तरीय समितिले बनाएको क्राइसिस म्यानेजमेन्ट कमिटी अन्तर्गतको यो कार्दलमा विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुख छन् । शनिबार बिहानको समितिको बैठकले पनि जोमिखमुक्त नभएको भन्दै लकडाउन खुकुलो बनाउन नहुने निष्कर्ष निकालेको थियो । समितिले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानमा जारी प्रतिबन्ध जेठ २ गतेसम्म पुर्‍याउने निर्णय पनि गरिसकेको छ ।

केही हिमाली जिल्ला र संक्रमणको जोखिम नभएका स्थानमा भने लकडाउन खुकुलो बनाउने प्रस्तावमा पनि छलफल भइरहेको छ । काठमाडौं र पोखराजस्ता संक्रमणका केसहरु नदेखिएका आर्थिक गतिविधिका केन्द्रमा पनि क्षेत्रगत रुपमा खुकुलो बनाउने प्रस्ताव पनि आएको समितिका एक सदस्यले बताए ।

वैशाख १५ गतेबाट सकिने लकडाउन बढाउने वा खुकुलो बनाउनेबारे अन्तिम निर्णय मन्त्रिपरिषद्‍ले गर्नेछ ।

प्रकाशित : वैशाख १३, २०७७ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?