अग्रपंक्तिका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकै तलब कट्टा- समाचार - कान्तिपुर समाचार

अग्रपंक्तिका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकै तलब कट्टा

तीनै तहका सरकारले कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रण कोषका लागि कर्मचारीको तलब काटे, सेनाले निर्णय गर्न बाँकी
आफैं जोखिममा रहेर खटिइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब सामान्य कर्मचारीको सरह काट्नु कुनै पनि अर्थमा जायज छैन । – सर्वेन्द्र खनाल, पूर्वमहानिरीक्षक
बलराम बानियाँ

काठमाडौँ — आफ्‍नो ज्यानै जोखिममा पारेर कोभिड–१९ को संक्रमण रोकथाम, उपचार र लकडाउन सफल बनाउन अग्रपंक्तिमा खटिइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा उल्टै तलब काटिदिएको छ । दिनरात योगदान गरिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको तलबसमेत राहत कोषका नाममा यसरी काटेर सरकारले गैरजिम्मेवार कार्य गरेको भनी टिप्पणी भइरहेको छ ।

संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले ‘कोभिड–१९ संक्रमण रोकथाम,नियन्त्रणतथा उपचार कोष’ खडा गरेका छन् । कोषका नाममा फ्रन्टलाइनमा खटिइरहेकास्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको समेत सामान्य कर्मचारीको सरह तलब जबर्जस्तीकाट्न तीनै तह हानाथाप गरिरहेका छन् ।

धेरैजसो स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब तीनै तहको सरकारबाटकाटिएको छ । केन्द्र र प्रदेश सरकारले कार्यालय सहयोगीदेखि खरिदारसम्मको एक दिन,नायबसुब्बाको तीन दिन, शाखा अधिकृतदेखि उपसचिवसम्मको पाँच दिन र सहसचिवदेखि विशिष्ट श्रेणीतहका कर्मचारीको सात दिनको तलब काटेका छन् ।

स्थानीय सरकारले आफ्नो पालिकाभित्र कार्यरत कर्मचारीको १५ दिनसम्मकोतलब जबर्जस्ती काटेर लिएका छन् । तलब काटिनेमा संक्रमण नियन्त्रण, रोकथामर लकडाउन सफल बनाउन परिचालित अग्रपंक्तिका स्वास्थ्यकर्मी र नेपाल प्रहरी तथासशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत परेका छन् । नेपाली सेनाले भने तलब कति काट्नेभनेर निर्णय गरिसकेको छैन । त्यही कारण राहत कोषमा सैनिकको तलबबाट सहयोग जान बाँकीछ ।

पूर्वमुख्यसचिव विमल कोइरालाले आफ्नो ज्यान जोखिममा राखेरअग्रपंक्तिमा खटिइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई अझ बढी प्रोत्साहनगर्नुपर्नेमा जबर्जस्ती तलब काट्नु दुर्भाग्यपूर्ण भएको बताए । ‘संक्रमणको जोखिमकाबीच फ्रन्टलाइनमा बसेर देशभर कार्यक्षेत्रमा जुटिरहेका डाक्टर, नर्स,सेनार प्रहरीलाई अझ बढी इन्सेन्टिभ दिनुपर्छ, उनीहरूको तलब कुनै पनि तहको सरकारबाटकाटिनु हुँदैन,’ कोइरालाले भने, ‘आफ्नो जीवन नै जोखिममा पारेरकार्यक्षेत्रमा खटिएकाहरूको जबर्जस्ती तलब काटिदिँदा मनोबल कमजोर हुन्छ । त्यस्तोगैरजिम्मेवार कार्य कुनै पनि तहको सरकारबाट हुनु हुँदैन ।’

पूर्वसचिव विमल वाग्लेले फ्रन्टलाइनमा परिचालित स्वास्थ्यकर्मी रसुरक्षाकर्मीले संक्रमणको जोखिमबाट सबैको ज्यान जोगाउन महत्त्वपूर्ण योगदान रसहयोग गरिरहेकाले उनीहरूको तलबबाट समेत सहयोगको अपेक्षा गर्नु अमिल्दो, अस्वाभाविकर अन्यायपूर्ण भएको टिप्पणी गरे । ‘चिकित्सक, नर्स रसुरक्षाकर्मीले आफ्नो ज्यानको माया मारेर अरूको जीवन जोगाउन दिनरात नभनी योगदानगरिरहेका छन् । लकडाउनसँगै बिदामा बसेका सामान्य कर्मचारीसरह उनीहरूको तलबबाट समेततीन तहका सरकारले सहयोग खोज्नु दुर्भाग्यपूर्ण हो,’ उनले भने,‘यसबाटजोखिममा रहेर काम गर्नेहरू निरुत्साहित हुन्छन् । निरुत्साहित भएको जनशक्तिबाटअपेक्षाअनुसार काम लिन सकिँदैन ।’

संक्रमित, आशंकित, आइसोलेसन र क्वारेन्टाइनमा रहेका व्यक्तिको उपचार तथा परीक्षण गरेर रसुरक्षा दिएर महत्त्वपूर्णयोगदान र सहयोग गरिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाट थप सहयोगको अपेक्षागर्न नहुने धारणा उनको छ ।

युरोपेली मुलुकहरूमा कोभिड–१९ संक्रमितको उपचार क्रममा आफैंसंक्रमणको चपेटामा परी सयौं चिकित्सक र नर्सको मृत्यु भइसकेको छ भने छिमेकी भारतमासमेत चिकित्सक र नर्स संक्रमित भइसकेका छन् । संक्रमितलाई अस्पतालमा ल्याउने रमृत्यु भएकालाई अन्तिम संस्कार गर्न लैजाने क्रममा विभिन्न मुलुकमा सयौंसुरक्षाकर्मी संक्रमित भएका छन्, कैयौंले ज्यान गुमाएका छन् ।

पूर्वसचिव वाग्लेले आफ्नो ज्यान नै जोखिममा पारेर कार्यक्षेत्रमाखटिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उत्साहित र खुसी बनाएर मात्र बढी रराम्रो काम लिन सकिने बताए ।

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संक्रमण रोकथाम, नियन्त्रणर उपचार गर्न फ्रन्टलाइनमा रहेर योगदान गरिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकोतलब सामान्य कर्मचारीसरह काट्ने कामलाई कुनै पनि अर्थमा जायज र उचित मान्न नसकिनेबताए । ‘जो संक्रमणको जोखिम नियन्त्रण गर्न दिनरात नभनी खटिइरहेको छ, जोखिमनियन्त्रणका नाममा उसैको तलबसमेत काटिनु उचित हुनै सक्दैन,’ उनले भने,‘फ्रन्टलाइनमाकाम गरिरहेकालाई अझ बढी प्रोत्साहन गर्नुपर्छ, अहिले घोषितप्रोत्साहन भत्ता र बिमा सुविधा पनि पर्याप्त छैन ।’

पूर्वमुख्यसचिव कोइराला कोषका नाममा पूर्वसहमतिबेगर सामान्यकर्मचारीको समेत तलब काटिनु अलोकतान्त्रिक र अवैज्ञानिक भएको बताउँछन् । ‘उपचारकोषमा स्वेच्छाले सहयोग गर्ने हो, सबै कर्मचारीको बैठक बोलाएर सहमतिमाकोषमा कति सहयोग गर्ने हो भनेर निर्णय गर्नु मात्र लोकतान्त्रिक र वैज्ञानिक हुन्छ,’उनलेभने, ‘मुख्य सचिव र केही सचिवले सिंहदरबारमा बसेर यो यो तहका कर्मचारीकोतलब यति यति काट्ने भनेर निर्णय गरेर जबर्जस्ती लाद्नु ठीक होइन ।’

पूर्वसचिव वाग्लेले कर्मचारीहरूको तलब जानकारी र पूर्वसहमतिबिनाकाटेर सरकारले पञ्चायतकालीन प्रवृत्तिलाई पुनरावृत्ति गरेको टिप्पणी गरे । ‘राहतकोषमा कर्मचारीले जति सक्छन्, उति स्वेच्छाले सहयोग गर्ने हो,सरकारलेजबर्जस्ती लाद्ने होइन,’ उनले भने, ‘फ्रन्टलाइनमारहेर काम गरिरहेका कर्मचारीले समेत स्वेच्छाले सहयोग गर्छन् भने सरकारले लिने हो,जबर्जस्तीकसैको पनि तलब काट्नु हुँदैन ।’

प्रकाशित : चैत्र २८, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

दिल्लीमा २० वटा ‘हटस्पट’

कोरोना भाइरसका संक्रमित देखिएका र अन्य क्षेत्रमा फैलन सक्ने जोखिम भएका २० स्थानलाई ‘हटस्पट’ घोषणा गरिएको छ
सुरेशराज न्यौपाने

नयाँदिल्ली — कोरोना भाइरस (कोभिड–१९) को संक्रमण थप फैलन नदिन भारतको दिल्ली राज्य सरकारले विभिन्न स्थानलाई ‘हटस्पट’ घोषणा गरेको छ । कोभिड–१९ का संक्रमित भएका तथा अन्य क्षेत्रमा विस्तार हुन सक्ने जोखिम भएका २० स्थानलाई हटस्पट घोषणा गरिएको हो ।

दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले बुधबार अबेर राति त्यसको घोषणा गरेका हुन् । घोषणा गरिएका सबै ठाउँ कोरोनाको संक्रमण बढी देखिएका क्षेत्रमा पर्छन् । हटस्पट घोषणा गरिएका ठाउँलाई बन्द गर्ने निर्णय पनि गरिएको छ । जसअनुसार ती ठाउँबाट बाहिरिन र प्रवेश गर्न पनि रोक लगाइएको छ ।

विगत केही दिनयता संक्रमण फैलँदै गएपछि दिल्ली सरकारले यस्तो निर्णय लिएको हो । दिल्लीमा कोभिड–१९ का पहिलो संक्रमण २ मार्चमा देखिएको थियो । तर पाँच साता नबित्दै संक्रमितको संख्या निकै बढेको छ । बिहीबारसम्म दिल्लीमा ६ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । ९ जनाले ज्यान गुमाइसकेका छन् ।

दिल्लीमा पहिचान भएका कोरोना संक्रमणका धेरैजसो दक्षिण दिल्लीको निजामुद्दिनमा भेलामा सहभागी भएका र कतिपय उनीहरूको सम्पर्कमा आएका रहेको राज्य सरकारले दाबी गरेको छ । दिल्ली सरकारले हालसम्म पुष्टि भएका केसमध्ये पाँच सयभन्दा बढी उक्त भेलासँग सम्बन्धित रहेको बताएको छ ।

भेलामा करिब ८ हजारको हाराहारीमा तब्लिगी समुदायका सदस्यहरूको सहभागिता रहेको थियो । भेलाका सहभागीहरूमा संक्रमण देखिएपछि दिल्ली सरकारले महामारीविरुद्ध थप कडा कदम चाल्दै आएको छ । त्यसैक्रममा संक्रमित क्षेत्र तोक्ने र बन्द गर्ने निर्णय गरिएको हो ।

राजधानी दिल्लीमा कोभिड–१९ को संक्रमण रोक्न थप कडाइ भइरहँदा अन्य राज्यहरूले पनि त्यही किसिमका निर्णय गरेका छन् । नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशमा पनि विभिन्न पन्ध्र जिल्लाका १ सय ५ स्थानलाई कोरोना संक्रमणको बढी जोखिम भएको भन्दै हटस्पट तोकिएको छ । जसमा लखनउ, वाराणासी, कानपुर, आगरा, मेरठ, गाजियाबादलगायत जिल्लाका विभिन्न क्षेत्र छन् ।

उत्तरप्रदेश सरकारले ती क्षेत्रका नागरिकलाई अत्यावश्यक सामान खरिद गर्नका लागि समेत घर बाहिर निस्कन रोक लगाएको छ । राज्य सरकारले तरकारीलगायत दैनिक अत्यावश्यक उपभोग्य सामग्री घरघरैमा पुर्‍याइने बताएको छ । उत्तरप्रदेशमा बिहीबारसम्ममा ३ सय ६१ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने ४ जनाको मृत्यु भइससकेको छ ।

उडिसामा लकडाउन लम्ब्याइयो
भारतको केन्द्र सरकारले लागू गरेको तीन साता लामो लकडाउन सकिन केही दिन बाँकी छँदै उडिसा सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको छ । राज्य सरकारको निर्णयअनुसार लकडाउनलाई अप्रिल ३० सम्म निरन्तरता दिइनेछ ।

मुख्यमन्त्री नवीन पट्नायकले बिहीबार त्यस्तो घोषणा गरेका हुन् । उडिसामा हालसम्म ३९ जनामा कोरोना पुष्टि भएको छ साथै उनले शैक्षिक संस्थाहरू १७ जुनसम्म बन्द रहनेसमेत बताएका छन् ।
यस अतिरिक्त महाराष्ट्र, तेलंगना, पन्जाब, मध्यप्रदेशलगायका राज्यहरूले पनि लकडाउनलाई निरन्तरता दिने बताइसकेका छन् । केन्द्र सरकारले तीन साताका लागि गरेको लकडाउन अवधि आगामी १४ अप्रिलमा सकिन्छ । राज्य सरकारहरूको लकडाउनलाई निरन्तरता दिने घोषणासँगै विपक्षीलगायतका अन्य राजनीतिक दलहरूले समेत निरन्तरता दिनुपर्ने सुझाव दिएका कारण प्रधानमन्त्री नरेन्द्र मोदीसमेत लकडाउनलाई १४ अप्रिलपछि पनि बढाउने निष्कर्षमा पुगेको बताइएको छ ।

पछिल्लो तथ्यांकअनुसार भारतका ७ सय २० जिल्लामध्ये ३ सय वटामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । त्यसमा पनि दिल्ली, मुम्बई, बैंग्लोर, पुनेलगायतका सहरी क्षेत्रमा संक्रमण सबैभन्दा बढी देखिएको छ । भारतका राज्यहरूमध्ये सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा देखिएको छ । त्यहाँ संक्रमितको संख्या बाह्र सयभन्दा बढी नाघिसकेको छ । पूरै भारतभर भने ५ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये १ सय ६६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : चैत्र २८, २०७६ ०८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×