काठमाडौँ — युनाइटेड अरब इमिरेट्स (यूएई) मा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित नेपालीहरुको सख्या ११ पुगेको छ ।
नेपाली दूतावास आबुधाबीका अनुसार हालसम्म यूएईमा २ जना नेपालीहरु सफल उपचार पाएर निको भएका छन् । ९ जनाको स्थिति सामान्य रहेको र यूएईका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको दूतावासले जनाएको छ ।
यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार यूएई सरकारसँग नियमित संपर्क भइरहेको र दूतावासले नेपालीहरुको बारेमा जानकारी लिइरहेको छ । राजदूत ढकालले यूएई सरकारले कोरोना भाइरस संक्रमित नेपालीहरुको उपचार नि:शुल्क गरिरहेको समेत जानकारी दिएका छन् ।
हालसम्म यूएईमा १७९९ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १४४ जना उपचारपश्चात निको भएका छन भने १० जनाको मृत्यु भएको छ ।
