नेताहरूमा विज्ञप्ति निकाल्ने होड
काठमाडौँ — स्वास्थ्य सामग्री खरिद अनियमिता प्रकरणमा जोडिएका सबै पदाधिकारीलाई पदमुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति निकाले । त्यही विषयलाई जोड्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फेसबुक लाइभ गरे । महामन्त्री शशांक कोइरालाले पनि त्यसै दिन साँझ दुई पेज लामो विज्ञप्तिमार्फत यिनै विषय उठाए ।
पौडेल र कोइरालाले स्वास्थ्य सामग्री खरिद गर्न सेनालाई जिम्मा दिनेसरकारको पछिल्लो निर्णयमाथि समेत टिप्पणी गरे । सेनालाई ठेक्कापट्टामा तानेर राज्यप्रणालीमाथि प्रश्न खडा गराइएको उनीहरूको भनाइ थियो । सभापति देउवाको विज्ञप्तिभने यस विषयमा मौन छ ।
एकै दिन तीन शीर्ष नेताले आआफ्नो कोणबाट धारणा सार्वजनिक गर्दाकांग्रेसका धेरै नेता तथा कार्यकर्ता भने पार्टीको औपचारिक धारणा के हो भन्नेमै अन्योल छन् । कोभिड–१९ ले सिर्जना गरेको विश्वव्यापी संकटका बेला समेत पार्टीकोएकीकृत आवाज किन आउन सकिरहेको छैन ? विज्ञप्तिर फेसबुक लाइभबाट आआफ्नो विचार प्रकट गर्ने प्रतिस्पर्धालाई पूर्वमहामन्त्रीसमेतरहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला गलत अभ्यास भन्छन् । कांग्रेसमा मात्रैनभएर सत्तारुढ दलभित्र पनि यस्तै अभ्यास हुन थालेको उनले बताए । ‘मानवजातिकैविरुद्ध विश्वव्यापी संकटका बेला त नेताहरु एक ठाउँमा आउन सक्दैनन् भने कहिलेआउलान् ?,’ उनले भने ।
सिटौलाले अहिलेको समयमा सरकारको आवाज प्रधानमन्त्री र प्रमुखप्रतिपक्षको आवाज कांग्रेस सभापतिको मुखबाट आउनुपर्ने बताए । ‘फरक—फरक कोणबाटधारणा आउनु गलत छ,’ उनले भने ।
लकडाउनपछि सभापति देउवाले चैत १४, १८र २१ गते विज्ञप्ति निकालेका छन् । पौडेलले चैत १३ र २१ मा फेसबुक लाइभ गरे ।महामन्त्री कोइरालाले चैत १६ र २१ मा विज्ञप्ति निकाले । प्रवक्ता विश्वप्रकाशशर्माले चैत ११ मा विज्ञप्ति र २० गते पार्टीको धारणा भन्दै ‘प्रधानमन्त्रीलाईप्रेमपत्र’ को चिठी पठाए ।
मुद्दा र विषयमा सार्वजनिक धारणा सबैको समानता देखिए पनि एकीकृतरूपमा नआउँदा प्रतिपक्षको आवाज कमजोर बन्न पुगेको कतिपयको टिप्पणी छ ।
लकडाउनमा सर्वसाधरण जस्तै नेताहरू पनि आआफ्नै निवासमा छन् । बैठकबस्न सकेको छैन । टेलिफोनबाटै भए पनि सभापतिले अन्य नेताहरूसँग परामर्श गरेरपार्टीको धारणा दिनुपर्ने केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए । ‘अहिलेसम्मत्यस्तो परामर्श भएको छैन,’ उनले भने, ‘यतिबेला पार्टीको आन्तरिक प्रतिस्पर्धालाई सबैले थाती राखी समन्वयगरेर नेतृत्वले एउटै आवाज दिनु जरुरी छ ।’
सहमहामन्त्री प्रकाशशरण महतले पार्टीको दृष्टिकोणलाई एकीकृत रप्रभावकारी बनाउने प्रयास भएको बताए । ‘संकटको बेला सरकारलाई साथ दिने र समालोचनागर्ने विषयमा पार्टीको एकीकृत आवाज आउनुपर्छ, त्यसमानेतृत्वको दृष्टिकोणलाई अरुले पछ्याउनुपर्छ,’ उनलेभने, ‘त्यसलाई अझै प्रभावकारी बनाउने पहलभएको छ ।’
स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको घोटाला र स्वास्थ्य सामग्रीखरिदमा नेपाली सेनालाई जिम्मा दिने सरकारको निर्णयमाथि छलफल गरेर औपचारिक निर्णयल्याउनुपर्ने नेताहरूले आवाज उठाएका छन् । सभापति देउवालाई दूरी कायम गरेरपदाधिकारी र केही शीर्ष नेताको बैठक तत्काल बोलाउनसमेत सुझाएको उनी निकट एक नेतालेबताए । ‘नागरिक सरकारमाथि नै प्रश्न उठ्ने गरी सरकारले स्वास्थ्य सामग्री खरिदकोजिम्मा सेनालाई दिएको विषयमा पार्टीभित्र बैठक राखेर छलफल गर्नुपर्छ भनेर हामीलेसभापतिलाई भनेका छौं,’ ती नेताले भने ।
सभापति देउवाले शुक्रबारको विज्ञप्तिमा यो प्रसंग उल्लेख नगरे पनिअन्य पदाधिकारी तथा नेता विरोधमा छन् । ‘सेनालाई औषधि खरिदको ठेक्का दिनु नागरिकसरकार असफल भएको संकेत हो, के हामी त्यसैदिशामा अघि बढ्न खोज्दै छौं ?’ नेता सिटौलाले भने, ‘स्वास्थ्य सेवामा सेनाको सहयोग लिन सकिन्छ । तर व्यापार व्यवसाय रठेक्कापट्टामा सेनालाई संलग्न गराएर सरकार निकम्मा बन्न खोजेको छ । यस्तो बेलापार्टीको एउटै आवाज निकाल्न नसक्नु राम्रो होइन ।’
अर्का नेता सुरेन्द्र पाण्डेले राज्य असफल भएको सन्देश सरकारले दिएकोबताए । ‘आज मेडिकल सामग्री खरिदको जिम्मा दिइएको छ,भोलि राज्य नै चलाउन सकिनँ भनेर सेनालाई सुम्पिन पनि सक्ने स्थितिआउला,’ उनले भने, ‘यो जनताको म्यानडेट होइन । सेनालाई जिम्मा लगाउँदै जाने हो भनेप्रधानमन्त्रीले पद छाड्नुपर्छ ।’ यसबारे पार्टीले औपचारिक धारणा ल्याउनुपर्नेउनको जोड छ ।
