१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कोरोना नियन्त्रणमा खटिनेका लागि २५ लाखसम्मको नि:शुल्क बीमा

काठमाडौँ — सरकारले अत्यावश्यक सेवामा कार्यरतका लागि २५ लाखसम्मको नि:शुल्क बीमा गरिदिने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोना भाइरस (कोभिड-१९)  को संक्रमणका बेला अत्यावश्यक सेवामा काम गर्ने व्यक्तिको बीमा गरिदिने घोषणा गरेको हो ।

कोरोना नियन्त्रणमा खटिनेका लागि २५ लाखसम्मको नि:शुल्क बीमा

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा मन्त्री युवराज खतिवडाले कोरोना संक्रमणको रोकथाम र उपचारमा संलग्न हुने चिकित्सक, नर्स, स्वास्थ्य स्वयंसेविका तथा स्वायंसेवक, स्वास्थ्य प्राविधि र सरसफाइमा संलग्न हुने श्रमिक, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई निःशुल्क बीमा गरिदिने जानकारी दिए ।

उक्त बीमाको रकम २५ लाख रुपैयाँसम्मको हुने उनले जानकारी दिए । त्यस्तै ती सेवा प्रदान गर्ने क्रममा कुनै दुर्घटना भए क्षतिपूर्ति दिने पनि घोषणा गरेको छ ।

प्रकाशित : चैत्र १६, २०७६ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?