२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

विद्युत् महसुलमा छुट, वैशाखभित्र बुझाए जरिवाना नलाग्ने

काठमाडौँ — सरकारले विद्युत महसुल २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा तथा जलस्रोत मन्त्रालयको सिफारिसमा यस्तो निर्णय गरेको हो ।

विद्युत् महसुलमा छुट, वैशाखभित्र बुझाए जरिवाना नलाग्ने

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले गरेको सिफारिसको आधारमा मन्त्रिपरिषद्ले यो निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले लकडाउनका कारण विद्युत् उपभोग हुन नसकेको अवस्थामा बढी विद्युत् खपत् गर्ने उद्योग तथा प्रतष्ठिानलाई तिनको प्रकृति हेरी ३० देखि ५० प्रतिशतसम्म विद्युत् महसुल छुट दिेने अधकिार प्राधिकरणलाई दिएको छ ।

लकडाउनका कारण उद्योग तथा कलकारखाना बन्द हुँदा विद्युत् खपत् घटेको छ ।


प्रकाशित : चैत्र १६, २०७६ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?