मजदुरको तलब नरोक्न सरकारको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — आइतबार बसेको मन्त्रिपरिषद् बैठकले असंगठित तथा संगिठत दुवै क्षेत्रका मजदुरहरुको चैत महिनाको तलब तथा ज्याला नरोकन्न व्यापारिक प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ ।

सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकले गरेको निर्णयहरु सार्वजनिक गर्दै रोजगारदाताहरुलाई मजदुरको चैत महिनाको तलब पूर्ण भुक्तानी गर्न निर्दशन दिइएकाे जानकारी दिए ।

उनले रोजगारदाताहरुले यसरी भुक्तान गर्ने तलबका लागि कर्मचारी कल्याणकारी कोषको रकम समेत प्रयोग गर्न पाउने व्यवस्था गरेको बताएका छन् ।

प्रकाशित : चैत्र १६, २०७६ २१:४८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सरकारले ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ स्थापना गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’(सीसीएमसी’ स्थापना गर्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ‘सीसीएमसी’ स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए । 


उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहने गरी स्थापना गरिने सीसीएमसीमा गृहमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र सुरक्षा निकायका प्रमुख रहने मन्त्री खतिवडाले जानकारी दिए ।

सीसीएमसीले सरकारले जारी गरेको आदेश कार्यान्वयन गराउने, क्वारेन्टाइन र कोरोना संक्रमितको उपचारका लागि तयार पारिएका अस्पतालहरुको व्यवस्थापन गर्ने पनि मन्त्री खतिवडाले जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवधि लम्ब्याएर चैत २५ गतेसम्म पुर्‍याएको छ ।

प्रकाशित : चैत्र १६, २०७६ २१:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×