सरकारले ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ स्थापना गर्ने

काठमाडौँ — सरकारले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’(सीसीएमसी’ स्थापना गर्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ‘सीसीएमसी’ स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए । 

सरकारले ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ स्थापना गर्ने

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहने गरी स्थापना गरिने सीसीएमसीमा गृहमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र सुरक्षा निकायका प्रमुख रहने मन्त्री खतिवडाले जानकारी दिए ।

सीसीएमसीले सरकारले जारी गरेको आदेश कार्यान्वयन गराउने, क्वारेन्टाइन र कोरोना संक्रमितको उपचारका लागि तयार पारिएका अस्पतालहरुको व्यवस्थापन गर्ने पनि मन्त्री खतिवडाले जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवधि लम्ब्याएर चैत २५ गतेसम्म पुर्‍याएको छ ।

प्रकाशित : चैत्र १६, २०७६ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?