आयोगका अध्यक्ष अन्सारीद्वारा बारा र पर्साका ७० परिवारलाई खाद्यान्‍न वितरण

चैत्र १५, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बारा र पर्साका ७० परिवारलाई खाद्यान्‍न वितरण गरेका छन् ।

लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गर्ने र खानाको समस्या हुने बाराको कलैया उपमहानगरपालिका-१८ का ५० र पर्साको वीरगन्ज महानगरपालिका-२२ का २० परिवारलाई शनिबार खाद्यान्‍‍न वितरण गरेका हुन् ।  


उनले आफ्‍ना सहयोगी कलामुदिर अन्सारी र राज मोहम्मद राय मार्फत चामल,आँटा,दाल,तेल,साबुन,नुन गरी १० दिनसम्‍म पुग्‍ने खाद्यान्‍‍न वितरण गरेका हुन् ।

अध्यक्ष अन्सारीले आइतबार प्रदेश १ र २ का केही जिल्लाहरुमा पनि खाद्यान्‍‍न वितरण गर्ने तयारी भइरहेको बताए । सम्बन्धित स्थानीय तहको सिफारिसमा उनले गरिब परिवारलाई खाद्यान्‍न वितरण गरेका हुन् । 


यस्तै उनले विपत्तिको यो समयमा सबैलाई सहयोगका  अपिल गर्दै गरिब र असाहयलाई खाद्यान्‍न सहयोग गर्न पनि आह्वान गरेका छन् । 

कान्तिपुर

Link copied successfully