आयोगका अध्यक्ष अन्सारीद्वारा बारा र पर्साका ७० परिवारलाई खाद्यान्‍न वितरण

काठमाडौँ — मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बारा र पर्साका ७० परिवारलाई खाद्यान्‍न वितरण गरेका छन् ।

आयोगका अध्यक्ष अन्सारीद्वारा बारा र पर्साका ७० परिवारलाई खाद्यान्‍न वितरण

लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गर्ने र खानाको समस्या हुने बाराको कलैया उपमहानगरपालिका-१८ का ५० र पर्साको वीरगन्ज महानगरपालिका-२२ का २० परिवारलाई शनिबार खाद्यान्‍‍न वितरण गरेका हुन् ।


उनले आफ्‍ना सहयोगी कलामुदिर अन्सारी र राज मोहम्मद राय मार्फत चामल,आँटा,दाल,तेल,साबुन,नुन गरी १० दिनसम्‍म पुग्‍ने खाद्यान्‍‍न वितरण गरेका हुन् ।

अध्यक्ष अन्सारीले आइतबार प्रदेश १ र २ का केही जिल्लाहरुमा पनि खाद्यान्‍‍न वितरण गर्ने तयारी भइरहेको बताए । सम्बन्धित स्थानीय तहको सिफारिसमा उनले गरिब परिवारलाई खाद्यान्‍न वितरण गरेका हुन् ।


यस्तै उनले विपत्तिको यो समयमा सबैलाई सहयोगका अपिल गर्दै गरिब र असाहयलाई खाद्यान्‍न सहयोग गर्न पनि आह्वान गरेका छन् ।

प्रकाशित : चैत्र १५, २०७६ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?