ज्यालादारी मजदुरलाई उपमहानगरपालिकाद्वारा खाद्यान्‍न वितरण

चैत्र १५, २०७६

कान्तिपुर संवाददाता

हेटौडा — दैनिक ज्यालावनी गरेर पेट भर्दै आएका निर्माण मजदुरहरुलाई  हेटौडा उपमहागनरपालिकाले खाद्यान्न उपलब्ध गराएको छ । 

लकडाउनका कारण चुल्होमा आगो वल्न छोडेका दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकाहरुलाई उपमहानगरपालिकाले खाद्यान्न उपलब्ध गराएको हो । लकडाउनको कारणले अधिकांश निर्माण मजदुरहरु भोकभोकै रहेका छन् ।  


निर्माण मजदुरहरुको संगठन क्युपेक मकवानपुरलाई उपमहानगरापालिकका मेयर हरीवहादुर महतले चामल,दात र नुन उपलब्ध गराएका थिए । क्युपेकका अध्यक्षलगायत पदाधिकारीहरुलाई एक हजार केजी चामल, २ सय केजी दाल र एक सय केजी नुन हस्तान्तरण  गरेका थिए ।


क्युपेक मकवानपुरले पनि थप एक लाख बराबरको खाद्यान्न खरिद गरेर भोकभोकै परेका निर्माण मजदुरहरुलाई  खाद्यान्न वितरण गर्ने संस्थाका अध्यक्ष प्रताप राईले वताए ।  


सम्बन्धित वडाको सिफारिसमा खाद्यान्न उपलब्ध गराएको उपमहानगरपालिकाले जनाएको छ । 

कान्तिपुर

Link copied successfully