२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

अदालतको सेवा थप कटौती

काठमाडौँ — मुलुकभर लकडाउनको घोषणा हुनुअघि नै आफ्ना अधिकांश सेवा र कामकारबाही कटौती गरेको सर्वोच्च अदालतले देशभरका न्यायालयहरुको सेवा थप कटौती गरेको छ ।

अदालतको सेवा थप कटौती

बुधबार विहान सर्वोच्च अदालतका सबै न्यायाधीशहरु सम्मिलित आकस्मिक पूर्ण बैठकले चार प्रकारका निवेदनको मात्रै सुनुवाइ गर्ने भएको हो ।

बैठकको निर्णयअनुसार, सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदन, बालबालिका जिम्मा लिने कामकारबाही, जरुरी पक्राउ पूर्जीको अनुमति र समर्थन अनि महामारीसँग जोडिएका गम्भीर प्रकृतिका निवेदनहरुको कारबाही र सुनुवाइ मात्रै गर्ने निर्णय गरेको हो । उच्च अदालत र जिल्ला अदालतहरुले पनि त्यही काम गर्नेछन् । तर जिल्लामा रिट निवेदनमाथिको सुनुवाइ हुनेछैन ।

गत शुक्रबारको पूर्ण बैठकले गएको आइतबारदेखि दुई साता नियमित प्रकृतिका सबै मुद्दाका सुनुवाइ स्थगित गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतको सूचनाअनुसार, स्थिति सामान्य भए दुई सातापछि आगामी चैत २३ गते आइतबार खुल्नेछ ।


प्रकाशित : चैत्र १२, २०७६ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?