कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उच्च सावधानीसहित कान्तिपुर वितरण

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले कान्तिपुर, दी काठमान्डू पोस्टलगायत आफ्ना प्रकाशनहरु उच्च सजगता एवम् आवश्यक सुरक्षा विधि अवलम्बन गरी पाठकसमक्ष पुर्‍याउँदै आएको जनाएको छ । कोरोना भाइरस (कोभिड–१९ )को सम्भावित संक्रमण हुन नदिन आवश्यक विधि अपनाएर मात्र पत्रिकाहरुको मुद्रण एवम् वितरण गर्ने गरिएको छ ।

उच्च सावधानीसहित कान्तिपुर वितरण

केएमजी व्यवस्थापनका अनुसार प्रेसमा काम गर्ने प्राविधिक र वितरण कार्यमा खटिने वितरण वाहकहरुलाई मास्क, मेडिकल पञ्जा र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

उनीहरुले निर्धारित सुरक्षा उपायहरु अपनाएर मात्र ग्राहकको घर–घरमा पत्रिका वितरण गर्ने गरेका छन् । पत्रिका प्रकाशन कार्यमा जोडिने अन्य सबै कर्मचारीहरुको पनि नियमित ज्वरो परिक्षण गरिँदै आएको छ । हालको प्रतिकूल परिस्थितिमा पनि उच्च सावधानीसहित पाठकहरुसमक्ष कान्तिपुर पुर्‍याइँदै केएमजीले जनाएको छ ।

प्रकाशित : चैत्र ११, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?