सरकारले बुझ्यो नेपाली कामदारको अवस्था  

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को फैँलदो प्रभावलाई मध्य नजर गर्दै सरकारले खाडी तथा अफ्रिकी मुलुकमा रहेका नेपाली कामदारको अवस्था बारे राजदूत तथा नियोग प्रमुखहरुसँग जानकारी लिएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सोमबार संयुक्त रूपमा सम्बन्धित मुलुकहरुमा राजदूत र नियोग प्रमुखहरुसँग विदेशमा रहेका नेपालीहरु कामदारहरुको अवस्था बारे जानकारी लिएका हुन् ।

मन्त्री ज्ञवालीका अनुसार भिडियो कन्फरेन्समार्फत् नेपालीहरुको वर्तमान अवस्था, सम्बन्धित मुलुकहरुमा भाइरसको फैँलदो र नियन्त्रणको ट्रेन्ड र सम्बन्धित सरकारले विदेशी नागरिकहरुलाई गरेको व्यवस्थाको बारेमा जानकारी लिएका छन् ।

छलफलमा राजदूत तथा नियोग प्रमुखहरुसँग मन्त्रीद्वयले नियोगहरुले चालेको कदम तथा भविष्यमा लिनु पर्ने उपायहरुको बारेमा समेत छलफल गरेका थिए ।

प्रकाशित : चैत्र १०, २०७६ १८:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फेकोफनले १ हजार ३ सय ९८ वटा भवन क्‍वारेन्टाइन बनाउन दिने 

कान्तिपुर संवाददाता

काठमाडौँ — सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)ले देशभरका उपभोक्ता समूहका १ हजार ३ सय ९८ भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न दिने घोषणा गरेको छ । 

महासंघले सात वटै प्रदेशमा रहेका सामुदायिक वन उपभोक्ता समूहका १ हजार ३ सय ९८ भवनलाई सरकारले चाहेका बेला क्वारेन्टाइन बनाउन सक्ने घोषणा गरेको अध्यक्ष भारती पाठकले जानकारी दिइन् ।

सात वटै प्रदेशमा २२ हजार २ सय ६६ सामुदायिक वन उपभोक्ता समूह छन् । प्रदेश १ मा १ सय २४, प्रदेश २ मा ५५, वागमती प्रदेशमा २ सय ६८, गण्डकी प्रदेशमा २ सय १६, प्रदेश ५ मा ३ सय ११, कर्णाली प्रदेशमा ८४ र सूदूर पश्चिममा ३ सय ४० गरी जम्मा १ हजार ३ सय ९८ भवनलाई क्वारेन्टाइन बनाउन दिने पाठकले बताइन् ।

यस्तै, महासंघको भक्तपुरस्थित संघीय कार्यालय भवन, प्रदेश महासंघका २ वटा भवन र जिल्ला महासंघका १० वटा भवनलाई पनि संघ, प्रदेश र स्थानीय सरकारले आवश्यक परेका बखत् क्वरेन्टाइनका रुपमा प्रयोग गर्न दिइने महासंघले जनाएको छ ।

प्रकाशित : चैत्र १०, २०७६ १७:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×