१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कैलाली र डोटीमा अनिश्‍चितकालका लागि निषेधाज्ञा

मोहन बुढाऐर

धनगढी — कोरोना भाइरस(कोभिड–१९) को सम्भावित संक्रमणको जोखिम न्यूनीकरणका लागि कैलाली र डोटी जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेका छन् । 

कैलाली र डोटीमा अनिश्‍चितकालका लागि निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसोदेखि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार दिउँसो २ बजेदेखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।


प्रजिअ बोहराले निषेधाज्ञा अवधिमा भेला, भीडभाड गर्न सवारी साधन र आवतजावतसमेत पूर्ण रुपमा निषेध गरिने बताए । अत्यावश्यकीय पसलहरु बाहेक अन्य पसल कलकारखाना, उद्योगधन्दासमेत पूर्ण रुपमा बन्द रहने उनले बताए ।


प्रमुख जिल्ला अधिकारी बोहराले विद्युत्, खानेपानी, दूरसञ्चार पेट्रोल पम्प, औषधि पसल, तरकारी पसल, खाद्यान्न, भोजनालय, सरकारी छापाखाना, बैंक, हवाई मार्ग, यात्रु तथा मालवाहक सवारी साधनलगायत अत्यावश्यक सेवा मात्रै खुला रहने बताएका छन । उनले माइिकङ गरेर स्थानीयलाई जानकारी दिइने बताए ।


त्यस्तै डोटी जिल्ला प्रशासन कार्यालयले पनि मंगलबार बिहान १० बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले नेपाल राजपत्रमा तोकिएका अत्यावश्यक सेवाहरु बाहेकका सबै सेवाहरु बन्द गर्न निर्देशन दिएको छ ।


अर्को सूचना जारी नभएसम्म जिल्लामा सबै प्रकारका भेला, सभा, सम्मेलन, सेमिनार, गोष्ठी, धार्मिक तथा सांस्कृतिक मेलापर्व कार्यक्रम नगर्न/नगराउनका लागि प्रशासनले निर्देशन दिएको छ ।

प्रकाशित : चैत्र १०, २०७६ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?