काठमाडौँ — कोरोना भाइरस कोभिड १९ रोकथामका लागि सरकारले आइतबारबाट अत्यावश्यक काम बाहेकमा बाहिरफेर ननिस्किन भनेसँगै उपत्यका सुनसान बनेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका निकै चहलपहल हुने बजार, मल, सम्पदास्थल र व्यापारिक स्थलहरु समेत सुनसान बनेका छन् । कोभिड–१९ को सम्भावित जोखिमबाट बच्न सरकारले विद्यालय, क्याम्पस, कार्यालयहरु र सार्वजनिक स्थलहरु बन्द गरेपछि लाखाैं मानिसहरुले उपत्यका छाडेर गाउँ फर्किसके र धेरैजसाे मानिसहरु घरमै बसेका कारण उपत्यका सुनसान भएकाे हाे । हेर्नुहाेस् तस्बिरहरु:
