कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शंकास्पद लक्षण देखिए ६० वर्षमाथिकाको तुरन्त कोराना परीक्षण हुने

अतुल मिश्र

काठमाडौँ — स्वास्थ्य मन्त्रालयले ६० वर्षमाथिकाहरुमा शंकास्पद लक्षण देखिए तुरन्त कोरोना (कोभिड–१९) भाइरस परीक्षण गर्ने भएको छ । यसअघि परीक्षणको लागि आइसोलेसन मै भर्ना हुनुपर्ने नियम थियो ।


‘ज्वरो आएको, खोकी लागेको, स्वास फेर्न गाह्रो भएका, रोग प्रतिरोधक क्षमता कम भएका, अन्य जटिल रोग भएका, ६० वर्षमाथिकाहरुको कोभिड–१९ परीक्षण तुरन्त गर्ने निर्णय भएको छ’, मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले कान्तिपुरसँग भने।


हालसम्म विश्वव्यापी रुप मै आएको विभिन्‍न तथ्यांकहरुले ६० वर्षमाथिकाहरुको लागि कोरोना संक्रमण थप जटिल हुने देखिएकोले तुरन्त जाँच प्रकृया सुरु गर्ने निर्णय गरिएको हो।


यस्ता बिरामी आइसोलेसनमा भर्ना नभए पनि घाँटीको र्‍याल परीक्षणको रिपोर्ट नआउँदासम्म भने अस्पतालले निगरानीमा राख्नुपर्ने हुन्छ। प्रकाशित : चैत्र १०, २०७६ १७:१९

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चोक चोकमा हातधुने व्यवस्था

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको चोकचोकमा स्थानीयले निःशुल्क हातधुने व्यवस्था गरेका छन् । कावासोतीको गणेशमान चोक र थकालीचोकमा खानेपानी ट्यांकीमा पानी भरेर साबुनसहित सर्वसाधारणलाई हातधुने व्यवस्था मिलाइको हो । दलदले र १६ नम्बर चोकमा पनि त्यस्तो व्यवस्था गरिएको छ । 

स्थानीय व्यवासायीले त्यसलाई स्वतः स्फूर्तरुपमा सहयोग गरेका छन्। सर्वसाधारणको बढी आउजाउ हुने स्थान, बस बिसौनीमा सफा पानी र साबुनको व्यवस्था गरिएको छ। पसलहरु बन्द रहेका कारण सर्वसाधारणलाई त्यसैमा पिउने पानीको पनि व्यवस्था मिलाइएको छ।

पूर्वी नवलपरासीमा कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै उद्योग वाणिज्य संघले बजार, व्यवसाय बन्दको आहृान गरेका कारण बजार बन्द छ।

गैंडाकोटमा पनि सर्वसाधारणलाई ४ फरक फरक स्थानमा हातधुने व्यवस्था मिलाइएको त्यहाँका मेयर छत्रराज पौडेलले टेलिफोनमा जानकारी दिए।गैडाकोटको अमरापुरी र देवचुली नगरपालिकाको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आ–आफ्नो क्षेत्रका ३/३ स्थानमा हातधुने व्यवस्था गरिएको प्रगतिनगर खानेपानी समितिका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिए। बजार र होटल बन्द रहेका कारण सर्वसाधारणले ती स्थानमा पुग्दा साबुन पानीले हातधुने र पिउने व्यवस्था मिलाइएको छ।

प्रकाशित : चैत्र १०, २०७६ १७:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×