कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मंगलबारदेखि विराटनगर लकडाउन

देवनारायण साह

मोरङ — कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको जोखिमबाट बच्न विराटनगर महानगरपालिकाले मंगलबारदेखि अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको छ । उद्योगी, व्यवसायी, नागरिक समाजलगायत सम्बन्धित सरोकारवालासँग छलफलपछि महानगर कार्यपालिकाले निर्णय गरी सोमबार लकडाउनको घोषणा गरेको हो ।

विराटनगर महानगरकी उपप्रमुख इन्दिरा कार्कीले कोरोनाको सम्भावित संक्रमण फैलिन नदिनका लागि महानगरस्थित संघ, संस्था, उद्योगी, व्यवसायी, नागरिक समाजसँगको छलफलपछि कार्यपालिकाको निर्णयले लकडाउन गर्ने निर्णय गरिएको बताइन् । ‘कोरोना भाइरस आफै लाग्दैन र त्यो बाहिरबाट मात्रै आउने भएकाले सर्वसाधारणले अत्यावश्यक काम बाहेकको अवस्थामा घर बाहिर निस्किन नपाउने गरी लकडाउन गरेका छौं,’ उनले भनिन्, ‘कोही बिरामी भएको अबस्थामा औषधी, दुध, तरकारी जस्ता अत्यावश्यक सामग्री खरिद गर्नका लागि समूहमा नभई १/२ जना मात्रै घर बाहिर निश्किन पाउँछ ।’


महानगरस्थित औषधी, अस्पताल, दुध, खानेपानी, तरकारी पसलहरु मात्रै मंगलबारबाट खुल्ला रहने र बाँकी सम्पूर्ण पसल, हाटबजार, उद्योग, कलकारखाना, विकास निर्माण लगायतका काम बन्द रहने र एम्बुलेन्स, शव वाहन, खानेपानीको गाडी बाहेकका सवारी साधनसमेत बन्द रहने निर्णय गरिएको कार्कीले बताइन् ।


यहाँ कोरोनाको महामारी फैलिन नदिनका लागि संकटको बेलामा गरिएको लकडाउन सर्वसाधारणको सुरक्षाका लागि भएको उनको भनाइ थियो ।


महानगरले सोमबार महानगरभरि मंगलबारदेखि हुने लकडाउनको बारेमा माइकिङ गरिरहेको छ ।


महानगरले हालसम्म रानी नाका, एकिकृत जाँच चौकी, विराटनगर विमानस्थल र बसपार्कमा हेल्थ डेस्क स्थापना बाहेक कोरोनाको संक्रमण फैलिन नदिनका लागि कुनै तयारी नगरेको भन्दै महानगरबासीले आलोचना गरिरहेको छ । प्रकाशित : चैत्र १०, २०७६ १७:०६

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पृतनाहरुलाई लकडाउनको पूर्व तयारी योजना बनाउन सैनिक मुख्‍यालयको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाले मुलुकभरका आफ्‍ना आठ वटै पृतनाहरुलाई कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण गर्न आन्तरिक निर्देशन दिएको छ । सबै पृतनालाई आवश्यक परे मुलुकलाई 'लक-डाउन' गर्नुपरे त्यसको पूर्व तयारीको रुपमा योजना तयार गर्न पनि निर्देशन दिएको छ ।


सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार मुलुक 'लक-डाउन' नै गर्नु परेमा सम्बन्धित पृतनाहरु क्रियाशिल हुनुपर्ने भएकाले उनीहरुलाई अहिले नै पूर्व तयारीका रुपमा आफ्‍ना योजनाका खाकाहरु तयार गर्न निर्देशन दिएको हो।


प्रकाशित : चैत्र १०, २०७६ १७:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×