फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना पोजिटिभ : मन्त्री ढकाल

स्वरूप आचार्य

काठमाडौँ — फ्रान्सबाट कतार हुँदै आएकी एकजना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । चैत ४ गते नेपाल आएकी एक युवतीको रिपोर्ट हिजो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार विशेष पत्रकार सम्मेलन गर्दै जानकारी दिए । 

फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना पोजिटिभ : मन्त्री ढकाल

उताबाट आएपछि उनी आफै होम क्वारेन्टाइनमा बसेको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले जानकारी दिए । 'बिरामी महिला हुनुहुन्छ। अहिले उहाँको परिचय यति मात्र दिउँ,' मन्त्री ढकालले भने, 'ती महिलाको परिवारसहित सम्पर्कमा रहेका सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ।'

उनको परिवारका सबै सदस्य र उनीसँग भेटघाट गरेका सबैलाई होम क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिए । उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले जानकारी दिए । संक्रमितत व्यक्ति १९ वर्षीया युवती रहेको र उपचारका लागि अस्पताल लगिएको पनि उनले बताए ।

युवतीसँगै विमानमा को-को आएका थिए भन्नेबारे ट्रयाक गरिने पनि मन्त्रीले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा जानकारी दिँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता


प्रकाशित : चैत्र १०, २०७६ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?