त्रिवेणी नाका सिल 

चैत्र १०, २०७६

नारायण शर्मा

कावासोती — कोरोना भाइरस(कोभिड–१९)को सम्भावित संक्रमण न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालयले भारतसँग जोडिएको त्रिवेणी नाका सोमबारबाट सिल गरेको छ । 

गण्डकी प्रदेशसँग जोडिएको एक मात्र भारतीय नाका त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा सिल गरेर आवगमन ठप्प पारिएको छ । 

पुलबाट गाडी र मोटरसाइकलमा ओहोरदोहार गर्न नपाउनेगरी सिल गरिएको छ । सीमामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सरकारको निर्देशनअनुसार चैत १६ गते राति १० बजेसम्म सीमानाकाबाट आउजाउ गर्न प्रतिबन्ध लगाइएको जानकारी दिए । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि चीन र भारतसँगको सीमा बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully