बिना स्वीकृति विदेशबाट आउने नेपालीको संख्या ६१ पुग्यो

एयरलाइन्स र नागरिक उड्ययन प्राधिकरणसँग स्पष्टीकरण लिने तयारी

चैत्र ८, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल सरकारको स्वीकृति बेगर विदेशी एयरलाइन्स कम्पनीले बेकेर ल्याएका नेपालीको संख्या ६१ पुगेको छ ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार एयर इन्डिया र थाइ एयरवेजले जापान, मलेसिया, भारतबाट क्रमशः १२ र ४९ जना नेपाली बोकेर आएको पुष्टि भएको छ । उनीहरुलाई खरिपाटी क्‍वारेन्टाइनमा पठाउन लागिएको पौडेलले बताए ।

स्वीकृति बेगर यात्रु ल्याएको आरोपमा नेपाल नागरिक उड्ययन प्राधिकरण र विमानस्थल व्यवस्थापनका पदाधिकारीसँग स्पष्टीकरण सोध्‍ने तयारी भइरहेको पौडेलले बताए । 

यो पनि पढ्नुहोस्ः

प्रतिबन्ध उल्लंघन गर्दै विदेशी एयरलाइन्सले ५५ नेपाली बोकेर आए 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully