ग्रान्डीमा भर्ना भएकामा देखिएन कोरोना

चैत्र ३, २०७६

अतुल मिश्र

काठमाडौँ — ग्रान्डी अस्पतालमा भर्ना भएका दुईजना बिरामीमा कोरोना भाइरस (कोभिड–१९) देखिएन । अस्पतालका निर्देशक डा चक्रराज पाण्डेका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण गर्दा उनीहरुमा ‘कोभिड–१९’ नदेखिएकाे हाे।  

पूवी नेपालबाट आएका दुवै बिरामीमध्ये एकजनामा मौसमी रुघाखोकी अन्तर्गत इन्फ्लुन्जा ए(एच१एन१) स्वाइन फ्लु र अर्कोमा निमोनिया देखिएको छ । हाल दुवैजनाको अस्पतालमा उपचार जारी छ ।


कोरोना भाइरस

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully