काठमाडौँ — नेपालस्थित अमेरिकी दूतावासले चैत ४ गतेदेखि लागू हुने गरी डाइभर्सिटी भिसा(डीभी) र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरु रद्द गरेको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले सोमबार बिहान प्रेस विज्ञप्तिमार्फत मंगलबारदेखि सबै डीभी र गैरआप्रवासी भिसाका अपोइन्टमेन्ट रद्द गरिने जानकारी दिएको हो ।
भिसा आवेदकहरूका लागि कोभिड-१९ सम्बन्धी सूचना: २०७६ चैत ४ गतेदेखि लागु हुने गरी काठमाडौँस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको छ।https://t.co/O3TLmkgz7B
— U.S. Embassy Nepal (@USEmbassyNepal) March 16, 2020
साथै दूतावासले जरुरी कामले अमेरिकाको यात्रा आवश्यक रहेमा आकस्मिक अपोइन्टमेन्ट लिन सकिने पनि जनाएको छ । आकस्मिक अपोइन्टमेन्टका लागि दूतावासले [email protected] बाट उपलब्ध गराएको निर्देशनको पालना गर्न पनि आग्रह गरेको छ ।
थप जानकारीका लागि दूतावासले नोवल कोरोना भाइरससम्बन्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका घोषणाहरु हेर्न पनि अनुरोध गरेको छ ।
