कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोना संक्रमणबाट इटालीमा मेयरको मृत्यु, पछिल्लो २४ घण्टामा मात्रै ३६८को मृत्यु

एजेन्सी

रोम — उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । इटालीका सञ्चारमाध्यमका अनुसार मेयर भ्यालोटीको शुक्रबार मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट इटालीमा मेयरको मृत्यु, पछिल्लो २४ घण्टामा मात्रै ३६८को मृत्यु

श्वासप्रश्वासमा समस्या देखिएपछि ७० वर्षीय मेयर भ्यालोटीलाई मार्च ७ मा अस्पताल भर्ना गरिएको थियो । फोक्सोमा अत्यधिक संक्रमणका कारण शुक्रबार उनको मृत्यु इटालीका सञ्चारमाध्यमले जनाएका छन् । चेने कोभिड–१९ प्रभावित इटालीको लम्बर्डी क्षेत्रमा पर्दछ ।

यसैबीच इटालीमा कोभिड– १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९ पुगेको छ । इटालीमा पछिल्लो २४ घण्टामा मात्रै थप ३ सय ६८ जनाको मृत्यु भएको छ भने थप ३ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ ।

त्यस्तै इटालीपछि बढी प्रभावित रहेको इरानमा आइतबार थप ११३ जनाको मृत्यु भएको छ भने थप एक हजार २ सय ९ जनामा संक्रमण देखिएको छ । सोमबार बिहानसम्म इरानमा मृतकको संख्या ७ सय २४ पुगेको छ भने संक्रमितको संख्या १३ हजार ९३८ रहेको छ ।

युरोपेली मुलुक स्पेन र फ्रान्समा पनि कोभिड–१९ को संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा स्पेनमा ९६ जनाको मृत्यु भएको छ भने फ्रान्समा ३६ जनाको मृत्यु भएको छ । स्पेनमा थप एक हजार ४ सय ५४ जनामा संक्रमण देखिँदा फ्रान्समा थप ९ सय २४ जनामा संक्रमण देखिएको छ । सोमबार बिहानसम्म स्पेनमा २९२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७ हजार ८ सयय ४५ पुगेको छ । त्यस्तै फ्रान्समा १२७ जनाको मृत्यु भएको छ भने ५ हजार ४ सय २३ पुगेको छ ।

त्यस्तै जर्मनीमा आइतबार मात्रै थप एक हजार २ सय १४ जनामा संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ । जर्मनीमा सोमबार बिहानसम्म ११ जनाको मृत्यु भएको छ भने ५ हजार ८ सय १३ संक्रमित भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा चीनमा १४ जनामा संक्रमण देखिएको छ भने १४ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा बेलायतमा १४, अमेरिकामा ११, नेदरल्यान्ड्समा ८, फिलिपिन्समा ४, दक्षिण कोरियामा ३, जापान, सान मारिनो र अस्ट्रेलियामा २–२ जना तथा स्विजरल्यान्ड, स्विडेन, बेल्जियम, डेनमार्क, ग्रीस, अल्जेरिया, हंगेरी र ग्वाटेमालामा एक–एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा जम्मा ६ सय ८२ को मृत्यु भएको छ भने थप १२ हजार ७ सय ६७ जनामा संक्रमण देखिएको छ ।

सोमबार बिहानसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ६ हजार ५ सय १५ पुगेको छ । त्यस्तै एक लाख ६९ हजारभन्दा बढीमा संक्रमण देखिँदा ७७ हजारभन्दा बढी निको भइसकेका छन् ।

प्रकाशित : चैत्र ३, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?