कोरोना नियन्त्रण तथा रोकथामबारे विदेशी कूटनीतिक प्रतिनिधिसँग परराष्ट्र सचिवले छलफल गर्दै

चैत्र ३, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार दिउँसो परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले नेपालस्थित कूटनीतिक समुदायका प्रतिनिधिसँग कोरोना भाइरस कोभिड-१९ नियन्त्रण तथा रोकथामका बारेमा छलफल गर्ने भएका छन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग छलफल गर्न लागिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा साढे दुई बजेदेखि छलफल सुरु हुने पनि प्रवक्ता पौडेलले जानकारी दिए ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड-१९ को संक्रमण अहिले विश्‍वका १५० भन्दा बढी देशमा फैलिइसकेको छ । त्यस्तै सोमबार दिउँसोसम्म ६ हजार ५ सय २५ जनाको मृत्यु भइसकेको छ भने करिब एक लाख ७० हजार संक्रमित भएका छन् । त्यस्तै ७७ हजारभन्दा बढी निको भइसकेको विश्‍व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully