काठमाडौँ — चीनका विदेशमन्त्री वाङ यीले नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीलाई मंगलबार टेलिफोन गरी कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँमा सहयोग पुर्याएकोमा नेपाललाई धन्यवाद दिएका छन् ।
मंगलबार भएको कुराकानीमा चिनियाँ विदेशमन्त्री यीले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि नेपालले चालेको कदमको प्रशंसा गर्दै धन्यवाद दिएका हुन् ।
कोभिड–१९ विरुद्धको लडाइँमा चीनसँग ऐक्यबद्धता जनाएको भन्दै नेपाललाई विदेशमन्त्री वाङ यीले धन्यवाद दिएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले जानकारी दिएका छन् ।
State Counsellor & Foreign Minister Wang Yi had a phone call with Nepali Foreign Minister @PradeepgyawaliK. Wang thanked Nepal for its strong support for combatting #COVID19. @PradeepgyawaliK expressed solidarity with China in the fight against the virus. @PRCAmbNepal pic.twitter.com/UubDiwqXm8
मंगलबार दिउँसो नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको भेटमा कोभिड–१९ नियन्त्रणका लागि नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
