कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँस्कोटामाथि अख्तियारले छानबिन गर्छ ः अध्यक्ष दाहाल

'प्रदेश २ सरकारमा सहभागी हुन कुराकानी हुँदैछ'
अजित तिवारी

जनकपुर — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणको अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानबिन गर्ने बताएका छन् । उनले त्यो प्रकरणसँग जोडिएका हरेक विषयमा सम्बन्धीत सबैको छानबिन हुने पनि दाबी गरे । 

बाँस्कोटामाथि अख्तियारले छानबिन गर्छ ः अध्यक्ष दाहाल

‘सञ्चारमन्त्री प्रकरणमा छानबिन हुन्छ । लेखा समितिमा पनि छलफल भइरहेको छ,’ दाहालले भने ।


यस्तै उनले प्रदेश २ को सरकारमा पार्टी सहभागी हुन कुराकानी थालिएको खुलासा गरे । उनले प्रदेश २ को सरकारमा सहभागी हुनका लागि नेकपाले सत्तासीन दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा) सँग कुराकानी भइरहेको बताए ।


आइतबार धनुषाको ठेरा कचुरीमा १५ दिने माध्यमिकी परिक्रमाको शुभारम्भ समारोहमा सहभागी भएका नेकपा अध्यक्ष दाहालले प्रदेश २ को सरकारमा सहभागी हुन समाजवादी र राजपासँग छुट्टाछुट्टै कुरा चलिरहेको बताए ।


‘दुवै पार्टीसँग कुरा चलिरहेपनि सरकारमा सहभागी हुने मिति तोक्ने स्थिती अहिले छैन,’ दाहालले भने, ‘अहिलेलाई यति नै भनुँ ।’

राजिनामा गरिसकेका सञ्चार तथा सूचना मन्त्री गोकुल बाँस्कोटाको प्रसंग झिक्दै नेकपाका अध्यक्ष दाहालले सत्तामा हुँदा कम्यूनिष्ट नराम्रो हुने रोग नेपालमा पनि ‘अलिअलि’ देखापरेको बताए ।


तीन दिनअघि भक्तपुरको एउटा कार्यक्रममा कम्युनिस्टको चरित्रबारे दाहालले बोलेको कुराको प्रष्टीकरण समेत दिए । उनले सत्तामा हुँदा कम्यूनिष्ट नराम्रो हुने संसारभरको कुरा बोलेको दाबी गर्दै नेकवपाको बारेमा मात्र कुरा गनरेको प्रष्टाए ।


‘कम्मुनिस्टहरु संघर्ष गर्दासम्म राम्रो । सत्तामा पुगेपछि नराम्रो हुने रोग विश्वभरि लाग्या छ,’ दाहालले भने, ‘हामीले त्यो रोगको उपचार गर्नैपर्छ भनेर अपिल गर्न खोजेका हौं । हामी कहाँपनि अलिअलि त्यो रोग देखा पर्न खोजिरहेको छ । त्यही बेला सञ्चारमन्त्रीको कुरा आयो । त्यस कारण त्यो सन्दर्भमा पार्टीलाई सर्तक गराउन भनेको हुँ ।’



प्रकाशित : फाल्गुन ११, २०७६ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?