सञ्चामन्त्रीलाई भेट्ने कुनै योजना थिएन र छैन : स्वीस दूतावास

फाल्गुन ८, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वीस दूतावासले निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सेक्युरिटी प्रेसका बारे कुरा गर्न कुनै भेटवार्ता नभएको बताएको छ । बुधबार सेक्युरिटी प्रेस मेसिन खरिद गर्न स्वीस कम्पनीसँग ७० करोड कमिसन माग गरेको अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजनीमा दिइसकेका छन् । 

सार्वजनिक भएको अडियोमा आफूलाई स्वीस कम्पनीका एजेन्ट बताउने विजयप्रकाश मिश्रले 'स्वीस एम्बेसीसँग पनि भेट गराउने र राजदूतले पनि कुरा गर्न चाहेको' जस्ता संवाद मन्त्री बाँस्कोटासँग गरेको सुनिन्छ । सोही अडियोलाई लिएर समाचारहरु प्रकाशित भएपछि काठमाडौंस्थित स्वीस दूतावासले प्रेस विज्ञप्ती प्रकाशन गरेर त्यसको खण्डन गरेको छ ।

 

विज्ञप्तिमा दूतावासले सञ्चारमाध्यमहरुमा उल्लेख भएजस्तो स्वीस कम्पनीका कुनै प्रतिनिधिले समाचारमा उल्लेख भएका व्यक्तिसँग नभेटेको स्पष्ट पारेको छ । 


विज्ञप्तिमा भनिएको छ, 'दूतावासको आग्रहमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग कसैले पनि भेट गरेको छैन ।' 


प्रेस विज्ञप्ती :

<iframe src="https://drive.google.com/file/d/100X-Uz3FY-FVCb_Ru0LK8L7JXMm_qYbR/preview" width="700" height="800"></iframe>



कान्तिपुर

Link copied successfully