गोकुल बाँस्कोटाले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

फाल्गुन ८, २०७६

जयसिंह महरा

काठमाडौँ — सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । बिहीबार बिहान कञ्चनपुरमा रहेका उनले काठमाडौं फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएका हुन् ।

बाँस्कोटा विमानस्थलबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजनीमा बुझाएको उनी निकट स्रोतले ईकान्तिपुरलाई बताएको छ । 

यस्तै उनले ट्वीट गर्दै आफूले राजीनामा दिएको स्पष्ट पारेका छन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully