१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मन्त्री बाँस्कोटाले राजीनामा दिनुको विकल्प छैन : पूर्वमन्त्री पण्डित

जयसिंह महरा

काठमाडौँ — पूर्व सामान्य प्रशासन मन्त्री तथा नेकपाका नेता लालबाबु पण्डितले सञ्चार मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिनु पर्ने बताएका छन् ।

मन्त्री बाँस्कोटाले राजीनामा दिनुको विकल्प छैन : पूर्वमन्त्री पण्डित

बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दैपूर्वमन्त्री पण्डितले प्रश्न उठिसकेको सन्दर्भमा बाँस्कोटासमक्ष राजीनामा दिएरसेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको अनुसन्धानमा सहयोग गर्नुको विकल्पनरहेको बताएका छन् ।

अडियो सार्वजनिक भइसकेपछि छानबिन हुनुपर्छ, दोषी भए कारबाही भोग्नुपर्छ । प्रश्न उठिसकेको अवस्थामाराजीनामा दिएर अनुसन्धान प्रक्रियामा सघाउनुपर्छ,’ पण्डितले भने, ‘प्रश्न उठिसकेको सन्दर्भमा सबैभन्दा राम्रो राजीनामा दिएरकारबाहीको प्रक्रियालाई स्वच्छता र निष्पक्ष्ताको लागि कसीमा उभिनुपर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको कुरा सुन्ननचाहने र कहीँ कतै भ्रष्टाचारका कुरा आए कडाइका साथ कारबाही गर्ने अभिव्यक्तिदिइरहेका बेला सञ्चारमन्त्रीले राजीनामा दिएर अनुसन्धान प्रक्रियामा सहयोग गर्नुकोविकल्प नभएको पण्डितले बताए ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासेक्युरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसनसम्बन्धी विवादमा मुछिएका हुन् । लेखा समितिमा छानबिनका क्रममा रहेको विषयसँग सम्बन्धित अडियो बुधबार सार्वजनिक भएको थियो

प्रकाशित : फाल्गुन ८, २०७६ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?