कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सञ्‍चारमन्त्रीलाई हटाउनुपर्ने माग गर्दै कांग्रेसद्वारा राष्ट्रिय सभामा अवरोध

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले राष्ट्रिय सभा बैठकमा अवरोध गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस कमिसनको विषयमा मुछिएका सञ्‍चार तथा सूचना प्रविधिमन्‍त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसले सदन अवरुद्ध पारेको हो ।

सञ्‍चारमन्त्रीलाई हटाउनुपर्ने माग गर्दै कांग्रेसद्वारा राष्ट्रिय सभामा अवरोध

बैठक प्रारम्भ हुनासाथ कांग्रेस सांसद जीतेन्द्रनारायण देवले सञ्‍चारमन्त्र‌ीलाई अबिलम्ब बर्खास्त गर्न माग गरे । उनले छानबिन समिति बनाउनुपर्ने र यस विषयमा प्रधानमन्त्रीले सदनमा जानकारी नगराएसम्म सदन चल्न नदिने बताए । त्यसपछि कांग्रेस सांसदहरु उभिएर सदन अवरुद्ध पारेका थिए ।


प्रतिपक्षीले अवरोध जारी राखेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले फागुन १५ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

प्रकाशित : फाल्गुन ८, २०७६ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?