काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले आजको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गर्ने भएको छ ।सेक्युरिटी प्रिन्टिङ प्रेस कमिसनको विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप सार्वजनिक भएको विषयलाई लिएर कांग्रेसले बैठक अवरुद्ध गर्न लागेको हो ।
कांग्रेस सांसद प्रकाश स्नेहीले आजको प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने पार्टी संसदीय दल कार्यसमिति बैठकले निर्णय गरेको जानकारी दिए । उनका अनुसार संसदीय दल कार्यसमितिको बैठक बानेश्वरमा केहीबेर बसेको थियो ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठक सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पदबाट बर्खास्त गर्नुपर्ने, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्ध छानबिन समिति गठन लगायत माग राखेले कांग्रेस सांसदहरुले अवरुद्ध गरेका हुन् ।
आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठक अझै सुरु भएको छैन ।
यो पनि
