१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सञ्‍चारमन्त्री बाँस्कोटाको अडियो नेकपा अध्यक्षद्वयको 'नाेटिस'मा

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्‍चार, सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको ‘अडियो सार्वजनिक प्रकरण’मा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन् ।

सञ्‍चारमन्त्री बाँस्कोटाको अडियो नेकपा अध्यक्षद्वयको 'नाेटिस'मा

सेक्युरिटी प्रेस खरिदका विषयमा स्थानीय एजेन्ट विजयप्रकाश शर्मा मिश्रसँग मोलमोलाइ गरेको अडियो बुधबार सार्वजनिक भएको थियो । प्रधानमन्त्रीले यस विषयमा मन्त्री बाँस्कोटालाई बालुवाटार बोलाएर बुझेपछि थप निर्णय गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बिहीबार नै पूर्वनिर्धारित समयअनुसार नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो । भेटमा पार्टी र सरकारका काम कारबाहीका विषयमा छलफल भए पनि सञ्चारमन्त्रीको अडियो प्रकरणबारे पनि कुराकानी भएको थापाले जानकारी दिए ।

'सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो बाहिरिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको जानकारीमा छ । उहाँ कञ्चनपुरबाट २ बजे फर्किने कार्यक्रम रहेको छ,थापाले भने, 'त्यसपछि बालुवाटार आएर आफ्ना कुरा भन्नुहोला । दुवै अध्यक्षको छलफल भएको छ । उहाँहरूको जानकारीमा रहेको छ । अध्यक्षद्वयको भेट यसअघि नै तय भएको थियो ।'

प्रकाशित : फाल्गुन ८, २०७६ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?