२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

संसदीय समिति र सांसद्‌को अपमान गरेको भन्दै मिश्र र उपाध्यायलाई पक्राउ गर्न पत्राचार

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले सांसदहरूको चरित्र हत्या गर्ने र संसदीय समितिको अपमान गरेको भन्दै दुई जनालाई पक्राउ गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेखेको छ ।

संसदीय समिति र सांसद्‌को अपमान गरेको भन्दै मिश्र र उपाध्यायलाई पक्राउ गर्न पत्राचार

समितिको बिहीबारको बैठकमा नेकपाका संसद सूर्य पाठकले सेक्युरिटी प्रेस खरिद प्रक्रियालाई अगाडि बढाउन सांसदहरू पनि भ्रष्टाचारमा संलग्न रहेको भनेर सामाजिक संजाल फेसबुकमा प्रभातकिशोर उपाध्यायले अफवाह फैलाएको भन्दै आपत्ति जनाएका थिए ।

उपाध्यायले सांसदहरूका नाम र तस्बिरसहित कसले कति रकम लियो भनेर आफ्नो फेसबुक अकाउन्टमा लेखेका थिए ।

त्यस्तै, एउटा स्विस कम्पनीका एजेन्ट विजयप्रकाश मिश्रले संसदीय समितिले गलत निर्णय गर्न लागेको भनेर एक अनलाइन पोर्टललाई बताएकोमा सांसदहरूले आपत्ति जनाएका थिए ।

निवर्तमान सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग गरेको कुराकानीको अडियो रेकर्ड गरी सार्वजनिक गरेका मिश्रले समितिले जर्मन कम्पनीलाई सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस नेपालमा स्थापना गर्न दिन लागिएको थियो भनेर बोलेकोमा पनि पक्राउ गरी अनुसन्धान गर्न भनिएको हो ।

समिति सभापति भरतकुमार शाहले संसदीय समिति र सांसदहरूकोको अपमान भएकाले उपाध्याय र मिश्रलाई कारबाही गर्न चिठी लेख्‍न निर्देशन दिएका थिए ।

समितिको बिहीबार बसेको बैठकले प्रभातकिशोर उपाध्याय र विजयप्रकाश मिश्रलाई पक्राउ गरेर कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको हो ।

प्रकाशित : फाल्गुन ८, २०७६ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?