कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कालापानी गएकाे रक्षामन्त्रीकाे टाेलीले हवाई निरीक्षणमात्रै गरेर फर्कियो

बाक्लाे हिउँका कारण हेलिकप्टर ल्यान्ड हुन सकेन
कान्तिपुर संवाददाता

काठमाडौँ — साेमबार बिहान कालापानी सीमा क्षेत्रकाे अवलाेकन गर्न हेलिकप्टरमा गएकाे उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाेखरेलकाे टाेली बाक्लो हिउँका कारण ल्यान्ड नगरी हवाई निरीक्षणमात्रै गरेर फर्किएकाे छ ।

कालापानी गएकाे रक्षामन्त्रीकाे टाेलीले हवाई निरीक्षणमात्रै गरेर फर्कियो

सुदूर पश्चिमकी उपसभामुख निर्मला बडाल जोशी, प्रतिनिधी सभा सदस्य गणेशसिंह ठगुन्ना, नेपाली सेनाका अधिकृत र रक्षामन्त्रालयका अधिकारीहरु उक्त भ्रमणमा सहभागी थिए ।

‘छाङरुमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट राख्ने ठाउँ हेर्न गएका थियौं । सोही अवसरमा सीमा क्षेत्र अवलोकन गर्ने कार्यक्रमलाई मौसमले साथ दिएन ।’ उक्त टोलीमा रहेका एक सदस्यले भने ।

उक्त क्षेत्रमा हालै नेपालको भूमिमा भारतले सडक खनेको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई भारतले आफ्नो नक्सामा समेटेको थियो । कालापानीमा सेना राख्दै आएको भारतले पछिल्लो समय आफ्नो नक्सामा समेटेपछि नेपाल र भारतबीच विवाद थियो । नेपालले उक्त भूमि कुनै हालतमा फिर्ता ल्याउने बताउँदै आएकाे छ।

प्रधानमन्त्रीले शनिबार संसद्मा सम्बोधन तथ्य र प्रमाण उक्त क्षेत्र नेपालको भएको पुष्टि भन्दै फिर्ता ल्याउने दाबी गरेका थिए । रक्षामन्त्री आइतबार दार्जुला गएका थिए ।

प्रकाशित : फाल्गुन ५, २०७६ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?