कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालापानी विवाद छिट्टै सुल्झिन्छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुराको विवाद छिट्टै सुल्झिने बताएका छन् । नेकपा केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्री ओलीले  विवाद समाधानका लागि पहिलो पटक भारतलाई औपचारिक पत्राचार गरेको बताए ।

कालापानी विवाद छिट्टै सुल्झिन्छ : प्रधानमन्त्री

उनले भने, ‘भारतले आफ्नो राजनीतिक नक्सामा राखेका लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूभाग हुन् भनेर सरकारले सच्याउन आग्रह गर्दै औपचारिक पत्राचार गरेको छ ।’ ओलीले भने, ‘सीमा मिचिएको विषयमा सच्याउन औपचारिक पत्राचार गरिएको पहिलो पटक हो । यसभन्दा पहिला यसरी दाबी प्रस्तुत गरिएको थिएन । संवादको माध्यमबाट भारत सरकारसँग कुरा गरेर समाधान गर्न सक्छौँ भन्ने विश्वास छ ।’

लिपुलेक विवादका विषयमा संसदमा सविस्तार बोल्ने ओलीले बताए । लिपुलेक नेपालको हो भन्ने विभिन्न प्रमाणले देखाउने ओलीको भनाइ छ । ‘हामीसँग उपलब्ध प्रमाणहरूले लिपुलेक, कालापनी, लिम्पियाधुरासम्मको भूभाग हाम्रो हो भन्ने देखाउँछ,’ ओलीले भने, ‘प्रमाण पेस गरेर संवाद गरी आफ्नो भूमि फिर्ता ल्याउछौँ ।’

सरकारले सीमा सुरक्षामा विशेष ध्यान दिएको पनि ओलीले बताए । राष्ट्रहितलाई बेवास्ता गर्ने, अवमूल्याङकन गर्ने, कम मूल्यांकन गर्ने, काम सरकारबाट भएको छ भन्ने नसोच्न ओलीले आग्रह गरे । आफू नेतृत्वको सरकार देशभक्त, राष्ट्रभक्त र सत्य बोल्न नडराउने सरकार भएको ओलीको भनाइ छ ।

प्रकाशित : माघ १५, २०७६ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?