२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरूमाथि महाभियोग लगाउन सांसद गिरीको माग

कांग्रेसलाई गिरीको प्रश्‍न- सरकारसँग लेनदेन गरेर महाभियोग नलगाएको हो ?

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूविरुद्ध प्रतिपक्षी कांग्रेसलगायतका दलहरूले संसदमा महाभियोग प्रस्ताव दर्ता गर्नुपर्ने समाजवादी पार्टीकी सांसद सरिता गिरीले माग गरेकी छन् ।

अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरूमाथि महाभियोग लगाउन सांसद गिरीको माग

मंगलबारको प्रतिनिधि सभा बैठकमा गिरीले ललिता निवास जग्गा प्रकरणमा अख्तियारले संवैधानिक आयोगले गर्नुपर्ने कार्य गर्नबाट चुकेको बताउँदै महाभियोग लगाउनुपर्ने माग गरेकी हुन् । 'संविधानको धारा १०१ को उपधारा २ ले एक चौथाइ सांसदले अख्तियार प्रमुख र सदस्यहरूले ठीकसँग काम नगरेको खण्डमा महाभियोग प्रस्ताव दर्ता गराउन सकिन्छ भनेर अधिकार दिएको छ। प्रतिपक्षीले महाभियोग प्रस्ताव दर्ता किन गर्न सकेको छैन,' कांग्रेसका नेताहरूले सरकारसँग साँठगाँठ गरेको आशंका गर्दै उनले थपिन्, 'प्रमुख प्रतिपक्षले लेनदेन गरेर महाभियोग नलगाइरहेको हो ? संविधानले अधिकार दिएको छ भने हामीले महाभियोग लगाउनुपर्छ । अदालतमा मुद्दा भएको भए के हुन्छ ? तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग लगाइएकै हो ।'

ललिता निवासको जग्गा किन्‍नेलाई मुद्दा नलगाएर अख्तियारले गैरसंवैधानिक काम गरेको गिरीको भनाइ थियो । 'सर्वोच्च अदालतका न्यायाधीशले जमिन फिर्ता गरिदिएकोले र सत्तारुढ दलका ठूला नेताका छोराले जमिन फिर्ता गरेकाले मुद्दा नचलाइएको हो ? उहाँहरूले अपराध स्वीकार गरिसक्नुभएको छ । उहाँहरूलाई कहाँ सोधिनेछ प्रश्न ?', उनले भनिन् ।

जग्गा दलाल शोभाकान्त ढकाललगायतमाथि मुद्दा चल्छ भने यी सर्वोच्चका न्यायाधीश र नेकपाका ठूला नेताका छोरामाथि किन मुद्दा नचलेको भनेर गिरीले प्रश्न गरेकी छन् ।

यो पनिः

प्रकाशित : माघ २८, २०७६ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?