१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सरकारले चीनबाट उद्धार गर्ने भनेर नाटक मात्रै गरिरहेको अभिभावकहरुको आरोप, दबाब दिन स्वास्थ्य मन्त्रालयमा भेला

बुनु थारु

काठमाडौँ — चीनको हुबेइ प्रान्तमा अध्ययनरत विद्यार्थीका अभिभावकले आफ्ना सन्तानलाई सरकारले मरेपछि मात्रै उद्धार गर्न खोजेको आरोप लगाउँदै नभए यथासक्य चाँडो उद्धार गर्नका लागि आग्रह गरेका छन् ।

सरकारले चीनबाट उद्धार गर्ने भनेर नाटक मात्रै गरिरहेको अभिभावकहरुको आरोप, दबाब दिन स्वास्थ्य मन्त्रालयमा भेला

स्वास्थ्य मन्त्रालयमा दबाब दिन पुगेका उनीहरुसँग स्वास्थ्य राज्यमन्त्री नवराज रावत र प्रवक्ता महेन्द्र श्रेष्ठले छलफल गरिरहेका छन् । प्रवक्ता श्रेष्ठले स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने सबै तयारी गरिसकेको र माथिको आदेश पर्खिरहेको बताएका छन् ।


भिडियाे : दिपेन्द्र राेक्का

अभिभावकले भने मन्त्रालयले उद्धारको नाटक गरिरहेको आरोप समेत लगाएका छन् । अहिले मन्त्रालयमा अभिभावक र राज्यमन्त्रीबीच छलफल भइरहेको छ । अभिभावकले उद्धारका लागि दबाब दिन दबाब समुहको गठन समेत गरेका छन् । ३०-४० जनाको संख्यामा उनीहरु बिहान १० बजे देखि नै मन्त्रालयमा जम्मा हुन थालेका थिए।

प्रकाशित : माघ २३, २०७६ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?