कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुदूरपश्चिमबाट स्वाँर र भट्ट निर्वाचित

राष्ट्रियसभा निर्वाचन
मोहन शाही

डोटी — राष्ट्रियसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनमा नेकपाका उम्मेदवार तारामान स्वाँर र शारदा भट्ट विजयी भएका छन् ।

सुदूरपश्चिमबाट स्वाँर र भट्ट निर्वाचित

सुदूरपश्चिम प्रदेशको डोटी सिलगढीमा सम्पन्न मतदानमा नेकपा अछामका जिल्ला इन्चार्ज स्वाँरले ३ हजार ७ सय २० अंकभार ल्याई विजयी भएका हुन् । स्वाँरसँग प्रतिस्पर्धामा उत्रेका नेपाली कांग्रेस बैतडीका पूर्व महासमिति सदस्य प्रताप ठगुन्नाले एक हजार ८ सय ४२ अंकभार ल्याएका थिए ।


त्यसैगरी,महिला समूहबाट नेकपाको पार्टीको केन्द्रीय सल्लाहकार समितिको प्रस्तावित सदस्य शारदा भट्ट ३ हजार ७३८ अंकभार ल्याइ विजयी भएकी हुन् । उनीसँग चुनाव लडेकी नेपाली कांग्रेस कैलालीकी सल्लाहकार समिति सदस्य तुलसी देवकोटाले १ हजार ८५४ अंकभार पाएकी थिइन् ।


अन्य र महिला समूहतर्फका केही मत बदर समेत भएका छन् । अन्यतर्फ स्थानीय तहको ३ र महिला समूहतर्फ प्रदेशको १ र स्थानीयको २ गरी मतपत्र बदर भएका छन् ।


सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेश सांसद ५३ र स्थानिय तहका प्रमुख उपप्रमुख गरी १ सय ७६ गरी जम्मा २ सय २९ मतदाता रहेका छन् ।


जसमध्ये एक प्रदेश सांसद कल्पना देवी बोहरा र सैपाल गाउपालिका उपाध्यक्ष मना कुमारी साउद गरी २ जनाको मत खसेको थिएन ।

प्रकाशित : माघ ९, २०७६ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?