राष्ट्रियसभामा कर्णालीबाट नेकपाका दुवै उम्मेदवार विजयी

माघ ९, २०७६

ज्योति कटुवाल

सुर्खेत — राष्ट्रियसभा सदस्यका लागि कर्णाली प्रदेशबाट नेकपाका दुवै उम्मेदवार विजयी भएका छन् । नेकपाका मायाप्रसाद शर्मा र सुमित्रा बीसी विजयी भएका हुन् ।

शर्माले ३ हजार ६ सय १८ मतभार र बीसीले ३ हजार ६ सय ८४ मत प्राप्त गरेको निर्वाचन अधिकृत राजेन्द्रप्रसाद आचार्यले बताए । उनीहरुका प्रतिद्वन्दी डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले १ हजार २६ मत प्राप्त गरेका थिए ।


दुई वटा मत बदर भएको निर्वाचन अधिकृत आचार्यले जानकारी दिए । 

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully