भक्तपुर दुवै क्षेत्रमा रास्वपाको अग्रता कायमै

भक्तपुर १ मा नेमकिपाले पछ्याउँदै, २ मा महेश बस्नेत दोब्बर मतले पछि 

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

RSVP maintains lead in both Bhaktapur constituencies

काठमाडौँ — भक्तपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जितले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालाई पछि पारेका छन् । रन्जितले ६ हजार ८८४ र सुवालले २ हजार १३३ मत पाएर पछ्याइरहेका छन् । 

यो क्षेत्रमा नेमकिपाले २०४८ देखि जित्दै आएको छ । त्यस्तै भक्तपुर २ मा रास्वपाका राजीव खत्रीले एमाले सचिव महेश बस्नेतलाई दोब्बर मतले पछि पारेका छन् । 

खत्रीले ३ हजार ६० र बस्नेतले १ हजार ५७३ मत पाएका छन् । कांग्रेसका कविर राणाले १६८ म पाएका छन् । मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

कान्तिपुर

Link copied successfully