पलाँता र पचाल झरना दुई गाउँ पालिकाको गणना सकिँदा महेन्द्रले २ हजार ८ सय ६५ मत सहित अग्रता कायम राखेका छन् ।
कालिकोट — कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाहीले अग्रता कायमै राखेका छन् । पलाँता र पचाल झरना दुई गाउँ पालिकाको गणना सकिँदा महेन्द्रले २ हजार ८ सय ६५ मत सहित अग्रता कायम राखेका छन् ।
उनलाई कांग्रेसका हर्षबहादुर बमले २ हजार ८९ मतले पछ्याएका छन् भने एमालेका नगिन्द्र शाहीले १ हजार ८ सय ९५ मत पाएर तेस्रोमा झरेका छन् ।
पचाल झरना गाउँ पालिका महेन्द्र र हर्षको घर भएको स्थानीय तह हो । एमाले उम्मेदवार नगिन्द्र र रास्वपा उम्मेदवार प्रकाशको घर रास्कोट नगरपालिकाको गणना सुरु भएको जिल्ला निर्वाचन अधिकारी बिश्व मंगल शर्माले बताए । कालिकोटमा ९ स्थानीय तह छन् ।
