हनुमन्ते खोलाको सतही तहमा पानी, डुबानको उच्च जोखिम

खोलामा पानीको बहाव तीव्र रूपमा बढ्दै गएको प्रहरीले जनाएको छ ।

आश्विन १८, २०८२

सुन्दर शिल्पकार

Water in surface level of Hanumante river, high risk of inundation

भक्तपुर — अविरल वर्षापछि भक्तपुरको जगाती, टुरिजम मार्केट, सल्लाघारी र राधेराधे हुँदै बग्ने हनुमन्ते खोला अहिले सतही तहमा आइपुगेको छ ।

खोलामा पानीको बहाव तीव्र रूपमा बढ्दै गएको प्रहरीले जनाएको छ ।

निरन्तर वर्षा जारी रहेमा खोला बस्ती क्षेत्रमा आज बेलुकासम्म प्रवेश गरी राति डुबान हुने सम्भावना उच्च रहेको भन्दै खोला छेउछाउका बासिन्दालाई उच्च सतर्कता र पूर्वसावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

सुन्दर शिल्पकार

Link copied successfully