आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको डिभिजन प्रमुखद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
इलाम — ताप्लेजुङ सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गअन्तर्गत इलामको जोरकलशदेखि ताप्लेजुङको सुकेटारसम्मको सडकमा सवारी आवागमनमा रोक लगाएको छ ।
आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको डिभिजन प्रमुखद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
दिउँसोको समयमा अत्यावश्यक कारणले यात्रा गर्नुपर्ने सवारीसाधनमध्ये १० टनभन्दा बढी क्षमताका ठूला सवारीका लागि मेची कोरिडोर–कञ्चनजंघा–केचना सडक प्रयोग गर्न र १० टनभन्दा कमका साना सवारीसाधनका लागि सिमल–गोलाइ–जोगमाइ–तिल्केनी सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।