नागार्जुनमा पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु, दुई जना घाइते

आश्विन १२, २०८१

कान्तिपुर संवाददाता

One person died, two were injured when a house was destroyed by a landslide in Nagarjuna

काठमाडौँ — काठमाडौँको नागार्जुन नगरपालिका-३, इचंगुनारायण मन्दिर नजिकै घर भत्किँदा ५५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

घर भत्किँदा भित्र रहेका ८ मध्ये ७ जनाको उद्धार गरिएको नागार्जन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले जानकारी दिए । उद्धार गरिएकामध्ये पाँच जना सकुशल छन् भने दुई जनालाई उपचारका लागि मनमोहन अस्पताल पुर्‍याइएको छ । 

नगरपालिकाका वडा नं ३, ६, ७ र १० मा वर्षापछिको बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाएको मेयर बस्नेतले जानकारी दिए । 'प्रहरी र सशस्त्र प्रहरीसहित हामी जनप्रतिनिधिहरू उद्धारका लागि खटिएका छौँ । जताजतै बाटो अवरुद्ध बनेको छ, सहज बनाउने प्रयास गरिरहेका छौँ,' उनले भने । 

बाढी पहिरो

कान्तिपुर

Link copied successfully