नारायणगढ मुग्लिन सडक एक तर्फी खुल्याे

आश्विन १२, २०८१

रमेशकुमार पौडेल

Narayangadh Muglin road opened one way

चितवन — सडक दबेका कारण शनिबार बिहान चार बजेदेखि अवरूद्ध नारायणगढ मुग्लिन सडक साढे नाै बजेपछि एकतर्फी खुलेकाे छ । नारायणगढदेखि मुग्लिनतर्फ २६ किलाेमिटर पर सडक लगभग दुई फिट दबेकाे थियाे ।

 मर्मतपछि तत्कालका लाागि एकतर्फी खुले पनि दुई तर्फी खुल्न समय लाग्ने भरतपुरकाे डिभिजन सडक कार्यालयले जनाएकाे छ ।

मुग्लिन कटेपछि पृथ्वीराजमार्ग पहिराेले ठाउँ ठाउँमा अवरूद्ध छ ।  नारायणगढ आँपटारी क्षेत्रमै सयाैं गाडीहरू राेकिएका छन् ।

बाढी पहिरो

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully