पाँचथरमा पहिरोले पुरेर आमाछोरीसहित तीनको मृत्यु, ५ बेपत्ता

हेंवाखोलामा अवस्थित बेलिब्रिज पनि बाढीले बगायो

आश्विन १२, २०८१

लक्ष्मी गौतम

3 dead, 5 missing, including mother and daughter buried by landslide in Panchthar

पाँचथर — पाँचथरमा पहिरोले पुरेर आमाछोरीसहित हालसम्म तीन जनाको मृत्यु भएको छ । फिदिम १ र ४ मा मा ३ जनाले ज्यान गुमाएका छन् भने ५ जना बेपत्ता छन् ।

फिदिम-१ मा गएको पहिरोमा परि स्थानीय ५० वर्षका गोपी विश्वकर्माको निधन भएको छ । यस्तै फिदिम ४ मा आदीवासी जनजाती महासंघको भवन सँगै रहेको घरमा सुतिरहेका बखत खसेको पहिरो ले पुर्दा फिदिम १२ की २४ वर्षीया सपना र उनकी ५ वर्षीया छोरी डोल्मा शर्पाको घट्नास्थलमै ज्यान गएको हो ।

फिदिम-१ फेमेखोला नजिकै पहिरो जाँदा कृष्ण दाश, कमला दाश, राजेश तुम्बापो,उनकी श्रीमती सरस्वती तुम्बापो र धनकुमार तुम्बापो बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

यसैविच मेची राजमार्गमा रहेको हेवा खोलामा अवस्थित बेलिब्रिज पनि बाढीले बगाएको छ । गत वर्ष असार २ गते आएको बाढीका कारण त्यहााको पक्की पुल बगेपछि संघीय सरकारले उक्त पुल निर्माण गरेको थियो ।  पुल बगेसँगै ताप्लेजुङ सहित पाॅचथर जिल्लाका हिलिहाङ र याङवरक गाउॅपालिका सडक सम्पर्क विच्छेद भएका छन् ।

बाढी पहिरो

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully